यो चौकीदारलाई सफल पार्न तपार्इंहरुले साथ दिनुपर्दछ : मुख्यमन्त्री भट्ट
कैलाली । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो कार्यकालमा राम्रा कार्यको थालनी गर्ने बताएका छन् ।
सुदूरपश्चिमेली नेपाली समाज– भारत समितिको प्रथम महाधिवेशन आज यहाँ शुभारम्भ गर्दै उनले आफ्नो कार्यकालमा धेरै काम गर्न नसकिए तापनि रोजगारीका लागि भारत जाने बेराजगार नेपाली युवाको जमातलाई स्वेदेशमै रोजगारीको व्यवस्थापन गर्न आवश्यक कदम चालिनेमा जोड दिए ।
देशलाई समृद्धिको बाटोमा अगाडि बढाउनका लागि स्वदेशमै श्रम र मिहेनत गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री भट्टले प्रदेश नं ७ लाई सफल बनाउन प्रवासी नेपालीको पनि अहम भूमिका रहने चर्चा गरे ।
प्रवासी नेपालीसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताउँदै मुख्यमन्त्री उनले भने, “यो चौकीदारलाई सफल पार्नका लागि तपार्इंहरुले पनि साथ दिनुपर्दछ र साथको लागि आग्रह गर्दछु ।”
समितिका संयोजक दीपक प्रकाश मल्लले बेरोजगारको समस्या समाधानका लागि स्वदेशमै रोजगारको व्यवस्था गर्नु आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा पपुलिष्ट, कांग्रेस परम्परावादी दक्षिणपन्थी शक्ति : ओली
-
केपी ओलीले अझै स्वीकारेनन् अदालतको आदेश, भने– ‘संविधानको अपव्याख्या गरी सरकारबाट विस्थापन गरिएको थियो’
-
राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैन : ओली
-
सहकारी घोटाला छानबिनमा सरकार गम्भीर छैन: डा. आरजु राणा
-
सातामा प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
-
पाकिस्तानको क्षेप्यास्त्र कार्यक्रमका लागि सामग्री दिने चार कम्पनीमाथि अमेरिकाको कारबाही