बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

किन भेट्न खोजे किमसँग भेट्नुअघि ट्रम्पलाई मुनले ?

बुधबार, १२ वैशाख २०७५, १६ : १५
बुधबार, १२ वैशाख २०७५

सोल । उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटघाट हुनुअगाबै दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले राष्ट्रपति ट्रम्पलाई भेट्ने भएका छन् । 

ट्रम्प र किमको भेटवार्ता हुनुभन्दा अगाडी मे महिनाको मध्यतिर मुनले ट्रम्पलाई भेट्ने तयारी गरेको समाचारमा जनाइएको छ । 

दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसका एक जना उच्च अधिकारीले नाम नबताउने सर्तमा दिएको जानकारीअनुसार मुनको अमेरिका भ्रमण निश्चित भएपनि मिति भने यकिन भइसकेको छैन । 

मे महिनाको मध्यतिर हुनसक्ने भ्रमणका बारेमा केही दिनमा मिति तय हुने ती अधिकारीले बताएका छन् । 

उत्तर कोरियाका नेता किमसँग भने मुनले आउदो शुक्रबार उत्तरसँगको सिमानामा पर्ने दक्षिणकै भू–भागमा पर्ने गाउँ पान्मुन्जोममा भेट्ने कार्यक्रम रहेको छ । 

त्यस लगत्तै किमसँग ट्रम्पले पनि भेट्ने सम्भावना रहेको यसअघि नै ट्रम्पले बताइकेका थिए । ट्रम्प र किमको भेटवार्ता मे महिनाको अन्त्यतिर वा जुन महिनाको सुरुतिर हुनसक्ने बताइएको छ । 

अव यी दुई शीर्ष भेटवार्ताको बीचमा अर्को भेटवार्ता ट्रम्प र मुनको हुन लागेको हो । ट्रम्प र किमको भेटवार्तालाई फलदायी बनाउन समन्वय गरिदिने उद्देश्यले मुनले ट्रम्पसँग भेट्न लागेको दक्षिण कोरियाली पक्षको भनाइ छ । 

दुई कोरियाको शिखर सम्मेलनका आधारमा उत्तर कोरिया र अमेरिकाको सम्वन्ध तय हुने जानकार बताउछन् । 

ट्रम्पसँग मुनको भेटवार्ता तय गर्न मुनका मूख्य सुरक्षा सल्लाहकार चुङ इयोङले अमेरिकी आफना समकक्षी जोन बोल्टोनसँग वासिङटनमा भेतवार्ता गरेका छन् ।  

उनीहरुकाबीचमा सकारात्मक र उत्साहजनक छलफल भएको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप