शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस बैंठकमा पौडेलविरुद्ध  खनिए निधि

बुधबार, १२ वैशाख २०७५, १६ : ३९
बुधबार, १२ वैशाख २०७५

काठमाडौं–नेपाली कांग्रेसको जारी केन्द्रिय समितिको बैठकले महासमिति बैठकको मिति तय गर्ने भएको छ। 

निर्वाचन समीक्षाका लागि चलिरहेको बैठकमा बोल्ने क्रम ढिलोमा शुक्रबार सकिने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। 

दशौं दिनको बैठकमा विमलेन्द्र निधि, विश्व प्रकाश शर्मा , महेश आचार्यले र शंकर भण्डारी बोलीसकेका छन्। 

पहिलो वक्ताको रूपमा बोल्दै निधिले वरिष्ठ नेता रामचन्द्र पौडेलको आलोचना गरेका थिए । करिब एक घण्टा बोलेका निधिले पार्टीको आन्तरिक विषयलाई बैठकमा नराखेर बाहिर राखेको भन्दै पौडेलको आलोचना गरेका थिए। निर्वाचन पराजयमा पौडेल पनि दोषी रहेको उनले बताए। 

बैठकमा प्रवक्ता शर्माले पनि बोलेका थिए। लिखित प्रस्ताव राखेका शर्माले महासमितिदेखि महाधिवेशनसम्म पार्टीले गर्नुपर्ने कार्यका विषयमा धारणा राखेका थिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप