मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

आईपीएल : दिल्ली डेयरडेभिल्सका कप्तान बदलिए

बुधबार, १२ वैशाख २०७५, १६ : ४१
बुधबार, १२ वैशाख २०७५

एजेन्सी-जारी आईपीएलको एक टीम दिल्ली डेयरडेभिल्सका कप्तान गौतम गम्भीरले कप्तानी छाडेका छछन् । उनको ठाँउमा नयाँ कप्तान श्रेयस ऐयर हुनेछन् । 

गम्भीर टिमको कप्तानबाट हटेपछि उनको जिम्मा ऐयरले पाएका हुन् । आइपीएलका बाँकी खेलमा दिल्ली ऐयरको कप्तानीमा खेल्नेछ ।

अघिल्लो ६ खेलमा ५ वटा हारेपछि गम्भीरको आलोचना भएको थियो ।

गम्भीरले ६ खेलमा ८५ रनमात्रै बनाए । 

‘टिमको कमजोर अवस्थाको म जिम्मेवारी लिन्छु । मैले कप्तानी छोड्ने निर्णय गरेको छु । ऐयरले मेरो भूमिका निभाउने छन् । मलाई विश्वास छ हामीले अगाडि राम्रो गर्ने छौँ’ दिल्लीमा पत्रकार सम्मेलन गर्दै गम्भीरले भनेका छन्, ‘यो पूर्ण रुपमा मेरो व्यक्तिगत निर्णय हो ।

व्यवस्थापनबाट त्यस्तो कुनै कुरा आएको थिएन । कप्तानी छाड्ने यही राम्रो समय हो भन्ने लाग्यो ।’

अंकतालिकामा दिल्ली सवैभन्दा पछाडि छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप