बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बालिका बलात्कार मुद्दाका दोषी आशारामलाई आजीवन जेल सजाय

बुधबार, १२ वैशाख २०७५, १६ : ५८
बुधबार, १२ वैशाख २०७५

काठमाडौं । स्वघोषित देवता आशारामलाई आजीवन कारावासको सजाय दिइएको छ । अर्थात उनले बाँकी जीवन जेलमा बिताउनुपर्नेछ । उनलाई यो सजाय विशेष अदालतले दिएको हो । आज बिहान नै उनलाई सन् २०१३ को बालिका बलात्कारको मुद्दामा दोषी पाइएको थियो ।

यो घटनासँग जोडिएका अन्य दुई मानिसहरुलाई २० वर्षको जेल सजाय दिइएको छ । यो फैसला र जेल सजाय दुवै जोधपुर केन्द्रिय जेलमा दिइएको थियो जहाँ आशाराम बन्दी रहेका छन् । 

आशाराम सन् २०१३ अगष्टदेखि जेलमा छन् । उनलाई आफ्नो आश्रमकी  एक १६ वर्षीया किशोरीले बलात्कार गरेको आरोप लगाएकी थिइन् । उत्तर प्रदेशकी ती युवती उनको आश्रममा विद्यार्थीको रुपमा बसिरहेकी थिइन् । 

आशारामलाई ‘प्रोटेक्सन अफ चिल्ड्रेन अफ सेक्सुअल अफेन्स(पोक्सो)’ ऐन र ‘सेक्लुडेड कास्ट र ट्राइब (प्रिभेन्सन अफ एट्रोसिटी)’ ऐन अन्तर्गत सजाय तोकिएको हो ।

‘आशरामले सजाय पाएको छ । हामीले न्याय पायौं । हामीलाई यो न्याय पाउन सघाउने सबैलाई म धन्यवाद दिन चाहन्छु ।’ बलात्कार पीडितको पिताले भने ।

फैसला सुनाउनुअघि जोधपुर पुलिसले सहरमा हिंसा फैलन नदिनको लागि सेक्सन १४४ लागु गरेको थियो ।  

न ‘आशा’ न ‘राम’, कसैले जोगाउन सकेन आशाराम 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप