शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिभुवन विमानस्थलबाट १४ किलो सुनकाण्डका मुख्य अभियुक्त पक्राउ

बुधबार, १२ वैशाख २०७५, १७ : ४३
बुधबार, १२ वैशाख २०७५

काठमाडौं– प्रहरीले १४ किलो अवैध सुनकाण्डमा मुछिएका चिनियाँ नागरिक जेजोहोङलाई पक्राउ गरेको छ । फरार अभियुक्तको रुपमा रहेकी उनलाई प्रहरीले चीनबाट नेपाल आउने क्रममा मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । 

प्रहरीले २०७४ भदौ १४ गते काठमाडौंको सामाखुसी डेरा गरी बस्ने सिन्धुपाल्चोकका पेम्बादोर्जे शेर्पाको कोठाबाट १४ किलो सुन बरामद गरेको थियो । प्रहरीले जोजोहोङलाई सो घटनाका मुख्य अभियुक्तका रुपमा किटान गरेको छ । सो काण्डमा संलग्न भएको आरोपमा प्रहरीले धनुषाबाट भदौमा ७ जनालाई पक्राउ गरेको थियो । उनीहरुको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 

चिनियाँ नागरिक जोजोहोङ भने उक्त सुनकाण्डका मुख्य अभियुक्त रहेको भन्दै प्रहरीले खोजीको सूचीमा राखेको थियो । पक्राउ गरिएलगत्तै उनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसनधान भैरहेको प्रहरीले जनाएको छ ।

 जोजोहोङ प्रायः नेपाल आइरहने र चीनबाट अवैध रुपमा सुन कारोबार गर्ने गरेको प्रहरीले दाबी गरेको छ । उनले नेपालमा राजकुमार पौडेलसँग सम्पर्कमा रहेर सुन कारोबार गर्ने गरेको समेत प्रहरीको दाबी छ ।  
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप