बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ध्यानाकर्षण पत्र बोकेर नेविसंघ पुग्यो टेलिकम

बुधबार, १२ वैशाख २०७५, १८ : ०८
बुधबार, १२ वैशाख २०७५

काठमाडौं– कांग्रेस निकट नेपाल विद्यार्थी संघको एक समूहले नेपाल टेलिकमकी महाप्रवन्धक कामिनी राजभण्डारीलाई बुधबार ४ बुँदे  ध्यानाकर्षणपत्र बुझाएको छ । 

नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेसहित केन्द्रीय सदस्य सुशील भट्ट, नेविसंघकै नेता  निरन्जन थापालगायतले सो ध्यानाकर्षणपत्र बुझाएका हुन् । 

ध्यानाकर्षणपत्रमा अखिल क्रान्तिकारीले विभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपूर र उपत्यकाका अन्य क्याम्पसमा टेलिकमको प्रिपेड सीमकार्ड वितरण  गर्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको तस्बिर टाँसेको,  आन्तरिक क्षमता बृद्धि नगरी ग्राहकमात्र थप्नाले गुणस्तरीय नेटवर्क तथा सुविधामा प्रभावकारीता नदेखिएको, एफटीएच र फोरजी जस्ता सेवा प्रभावकारी नभएको लगायत विषय  उल्लेख गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप