शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

बुधबार, १२ वैशाख २०७५, १८ : १९
बुधबार, १२ वैशाख २०७५

-पूर्णबहादुर खड्का

सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरिएको छ । चालु आर्थिक वर्ष २०७४/०७५ को बाँकी तीन महिनाका लागि नीति तथा कार्यक्रम पारित गरिएको हो । 

गत १० गते प्रदेश प्रमुख दुर्गाकेशर खनाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम दुई दिनसम्मको छलफलबाट बुधवार सभामुख राजबहादुर शाहीले सर्वसम्मत पारित भएको घोषणा गरेका हुन् । 

प्रदेशसभा नियमावली २०७४ को नियम ३७ को उपनियम ३ बमोजिम निणार्थक सभामुख शाहीले प्रस्तुत गरेका थिए । 

सो प्रस्तुत नीति तथा कार्यक्रममा दुई दिनसम्म रचनात्मक सुझाव समेट्ने भन्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदमा पारितका लागि प्रस्ताव गरेका थिए । 

सो नीति तथा कार्यक्रममा कर्णालीको भौतिक पुर्वाधार, पर्यटन र जलविद्युतको विकास गरि कर्णाली प्रदेशलाई मुलुककै समृद्ध प्रदेश निर्माण गर्ने अठोटसहित ठूलाठूला महत्वाकांक्षी योजना अघि सारिएको छ । 

संसद बैठक भोली १ बजेसम्मका लागि स्थगित गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप