बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चीन र भारतबीच नेपालबारे बहस हुनु नेपालको लागि खुसीको कुरा : राजन भट्टराई

बुधबार, १२ वैशाख २०७५, १८ : २६
बुधबार, १२ वैशाख २०७५

काठमाडौं । नेपाल–भारत प्रबुद्ध समूहका सदस्य डा. राजन भट्टराईले नेपाल, भारत र चीनसँगको त्रिदेशीय साझेदारीबाट नेपालले लाभ लिने बताएका छन् । 

एमाले नेता समेत रहेका भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा पनि त्रिदेशीय साझेदारीको विषयमा छलफल हुने पनि स्पष्ट पारे । उनले चीन र भारतबीच नेपालबारे बहस हुनु नेपालको लागि खुसीको कुरो भएको पनि स्पष्ट पारे । 

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेपालबारे छलफल गर्न भारतीय प्रधानमन्त्री मोदीको नेपाल अघि चीन भ्रमण हुन लागेको दावी पनि गरे । उनले केपी ओली नेतृत्वको सरकारले भारत र चीनबाट लाभ लिने गरी कुटनीतिक सम्बन्ध अघि बढाएको पनि बताए । दुवै मुलुकलाई विश्वासमा लिएर मुलुकलाई समृद्ध बनाउन सकिने नेता भट्टराईको भनाई छ ।

नेता भट्टराईले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबाट दुई देशबीचको सम्बन्ध अझै उचाईमा पुग्ने विश्वास व्यक्त गरे । उनले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणमा विगतमा भएका सहमतिलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने विषयमा जोड दिन सरकारलाई सुझाव पनि दिए । 

भारतीय प्रधानमन्त्री मोदी यही बैशाख २८ गते नेपाल भ्रमणमा आउने कार्यक्रम तय भईसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप