शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्चको आदेशः महर्जन विजनेशको भवन निर्माण कार्य तत्काल रोक्नु

बुधबार, १२ वैशाख २०७५, १८ : ३१
बुधबार, १२ वैशाख २०७५

काठमाडौं । सर्वोच्च अदालतले हनुमानढोका दरबार क्षेत्रमा महर्जन विजनेश एशोसिएसन प्रालिको विजनेश भवन निर्माण कार्य तत्काल रोक्न अन्तरिम आदेश दिएको छ । 

सर्वोच्च अदालतका न्यायाधिश टंकबहादुर मोक्तानको एकल इजलासले सो भवन निर्माण कार्य तत्काल रोक्न अन्तिम आदेश दिएको हो । यस सम्बन्धमा छलफल गर्न पनि सर्वोच्चले यही वैशाख १६ गते दुवै पक्षलाई बोलाएको छ ।

जनहित संरक्षण मञ्च र स्थानीयबासीले सो भवन निर्माण नगर्न माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटमाथि बुधबार बसेको न्यायाधीश मोक्तानको एकल इजलासले सो भवन निर्माण कार्य नगर्न, नगराउन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले जानकारी दिए ।

सर्वोच्चले निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो भनि १५ दिनभित्र लिखित जवाफ दिन पनि भनेको छ । नियमित पत्रकार सम्मेलन गरी सर्वोच्चले बुधबार १ सय ५० थान मुद्दा पेशी चढेकोमा २५ थानमात्रै फैसला गरिएको पनि जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप