बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘कोक खाम् रसिया जाम’ योजनाको ४० बिजेताको नाम घोषणा

बुधबार, १२ वैशाख २०७५, १८ : ४४
बुधबार, १२ वैशाख २०७५

काठमाडौं– कोकाकोला नेपालले सञ्चालन गरेको सबैभन्दा ठूलो उपभोक्ता प्रमोशन क्याम्पेन ‘कोक खाम् रसिया जाम’ अभियान अन्र्तगत ४० भाग्यशाली बिजेताको छनोट भएको छ । बुधबार उक्त कम्पनीले विजेताहरुको नाम घोषणा गरेको हो ।
बिजेताहरु रसिया पुग्ने र त्यहाँ लाग्ने सम्पूर्ण खर्च कम्पनीले ब्यर्होने जनाइएको छ । रसियामा उनीहरुले त्यहाँ हुने विश्वकप २०१८ प्रत्यक्ष रुपमा हेर्ने मौका पाउनेछन् । यो योजना फेब्रुअरी १५, २०१८ बाट सुरु भएर अप्रिल १५ मा समापन भएको हो । जहाँ ४० जना भाग्यशाली बिजेताको नाम घोषणा भएको छ । साथै १८ जना भाग्यशाली उपभोक्ताले २४ इन्चको टेलिभिजन जितेका छन् । साथै १० हजार भन्दा बढिले फिफाको लोगो अंकित विशेष उपहार जस्तै स्पिकर, हेडफोन, पेन ड्राइभ जितेका छन् ।

कोकाकोला नेपालले सञ्चालन गरेको यो सबैभन्दा ठूलो उपभोक्ता क्याम्पेन भएको कम्पनीले जनाएको छ ।  भाग्यशाली बिजेता घोषणा गरेलगत्तै कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने ‘हामी निकै खुसी छौँ किन भने यो क्याम्पेन नेपाली कोकाकोलाका उपभोक्ताको लागि अविस्मरणीय भयो । यो सबैभन्दा ठूलो मध्येको एक क्याम्पेन थियो । जहाँ ४० जना भाग्यमानी विजेताले रसिया गएर प्रत्यक्ष खेल हेर्ने मौका पाउन भए भने टेलिभिजन र अन्य फिफाको लोगो अंकित बिशेष उपहार जित्न सफल भएका छन् । यो पूरै क्याम्पेनमा ग्राहकको जुन सहयोग र साथ पायाँै हामी निकै खुसी छौँ  । निकट भविष्यमा यस्ता खालको क्याम्पेन संचालन गर्दै जानेछौँ । यो क्याम्पेनलाई अस्मरणीय बनाई दिनु भएकोमा हामी उपभोक्ता प्रति कृतज्ञता ब्यक्त गर्दछौं ।

बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्सनेले भने, “कोक खाम् रसिया जाम”क्याम्पेन एउटा अस्मरणीय क्याम्पेन थियो । हामीले उपभोक्ताबाट आशा गरेभन्दा धेरै राम्रो प्रतिक्रिया पायाँै । यो हरेक समय सञ्चालन हुने अफर थिएन । हामी सम्पूर्ण उपभोक्ताहरु, सहभागी कम्पनीहरु, यसलाई कार्यान्वयन गराउने एजेन्सीहरु, हाम्रा महत्वपूर्ण रिटेलरहरु जसले यो अभियानलाई अन्तिम उपभोक्तासम्म पुर्याउन सहयोग गरे, सबैलाई हृदयदेखि नै हार्दिक धन्यवाद दिँदै आभार प्रकट गर्दछौं  । उहाँहरुको सहयोग बीना यो क्याम्पेन सफल हुन सक्दैन थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप