मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु बैंकद्धारा विद्यालयलाई ५ थान कम्प्युटर हस्तान्तरण

बुधबार, १२ वैशाख २०७५, १९ : १५
बुधबार, १२ वैशाख २०७५

काठमाडौं । प्रभु बैंक लिमिटेडले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा स्थित श्री चण्डेश्वरी उच्च माध्यमिक विद्यालयलाई ५ थान कम्प्युटर हस्तान्तरण गरेको छ । भुकम्प पिडीतहरुलाई राहत सामाग्री वितरण, अनाथ र अपाङ्ग विद्यार्थीहरुलाई छात्रवृत्ती, निःशुल्क स्वास्थ्य जाँच, आँखा शिविर, बागमती नदी सरसफाई, वृक्षारोपण लगायतका सामाजिक क्रियाकलापहरुमा प्रत्यक्ष सहभागिता जनाउँदै प्रभु बैंकले समाज प्रतिको आप्mनो भुमिका जिम्मेवारीपूर्वक निर्वाह गर्दै आईरहेको बताएको छ । 

काठमाण्डौं स्थित प्रभु बैंक लिमिटेडको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचनले उग्रचण्डी नाला समाजका अध्यक्ष श्री चन्द्रलाल श्रेष्ठ मार्पmत् ५ थान कम्प्युटरहरु श्री चण्डेश्वरी उच्च माध्यमिक विद्यालायलाई हस्तान्तरण गर्नुभएको हो । उक्त कम्प्युटर हस्तान्तरण पश्चात् चण्डेश्वरी उच्च माध्यमिक विद्यालयलाई कम्प्युटर प्रणाली मार्पmत् दैनिक प्रशासनिक क्रियाकलापमा सहयोग पुग्नुका साथै विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थीहरु तथा समग्र विद्यालय परिवारलाई सुचना तथा प्रविधिसँग साक्षात्कार गर्न थप मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप