शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पेस्तोल र ठूलो परिमाणमा लागुऔषधसहित सात भारतीय पक्राउ

बुधबार, १२ वैशाख २०७५, १९ : २२
बुधबार, १२ वैशाख २०७५

विराटनगर । विराटनगरबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध र हतियारसहित सात जनालाई पक्राउ गरेकोछ । विराटनगर महानगरपालिका–४ कञ्चनबारीस्थित नहरको डिलबाट पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार अररिया जिल्लाका २४ वर्षीय रोहित कुमार शर्मा, ३० वर्षीय प्रमोद भन्ने विनोद यादव, १८ वर्षीय राजाकुमार यादव, २२ वर्षीया निलमदेवी यादव, २६ वर्षीय प्रकाशकुमार दास, ३३ वर्षीय रन्जित कुमार शर्मा र ४० बर्षीय सुरज नारायण यादव छन् । 

उनीहरुको साथबाट अवैध लागुऔषध एभिल १७७५ एम्पुल, डाईजेलाभ ५००, स्पास्मो प्रोक्सिभन १७७६ चक्सी, नाइट्रोसन ट्याब्लेट ७२५, लुपीजेसीक ५२५, फेनारागन १२५, डाइलेक्स डिसी १३ बोतल बरामद भएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिएका छन् ।    

उनका अनुसार कारोवारीहरुको साथबाट अटोमेटिक पेस्तोल एक थान, त्यसमा प्रयोग हुने म्याग्जिन एक थान र ६ राउड गोली पनि बरामद भएको छ । त्यस्तै ८१ हजार नगद र ६ थान मोबाईल पनि बरामद भएको छ । 

अवैध कारोबारीहरुले प्रयोग गरेको भारतीय नम्बर प्लेटको बिआर ३८, एफ १२२८, बिआर ३८ एच ४०५० र बिआर ३८ डि ५२२६ नम्बरको मोटरसाईकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । शंकास्पद लागेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागुऔषध र हतियार फेला परेको बताईएको छ ।  

पक्राउ परेकाहरुलाई  हातहतियार खरखजना अन्र्तगत मुद्दा दायर गरी अनुसन्धानका लागि ७ दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप