शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुख्यमन्त्री शाहीले दिए सांसदहरुले उठाएका प्रश्नको जवाफः ‘कर्णालीलाई विश्वकै पर्यटनको केन्द्र बनाइने’

बुधबार, १२ वैशाख २०७५, १९ : २८
बुधबार, १२ वैशाख २०७५

सुर्खेत–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले घरदैलोमै जनताको समस्या सम्बोधन गर्न संघीयता आवश्यक भएको बताएका छन् । प्रदेश सरकारले पेश गरेको चालू आव २०७४÷७५को नीति कार्यक्रमका वारेमा संसदहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिदै मुख्यमन्त्री शाहीले जनतालाई नजिकबाट राज्यको सेवा प्रदान गर्नुपर्ने बताए ।

मुख्यमन्त्री शाहीले दक्षिणवाट जमुनाहा–हिल्सा सुरुङ मार्ग, उत्तरवाट डोल्पा, मुगु र हुम्लाबाट तीनवटा नाका खोलेर कर्णालीको विकासलाई अगाडि बढाइने बताए । कर्णाली प्रदेशको भेरी करिडोर र कर्णाली करिडोरलाई राष्ट्रिय गौरवका आयोजनाको हवका रुपमा विकास गर्न संघीय सरकारसँग समन्वय अगाडि बढाइएको उनले जानकारी दिए । 

दशवटै जिल्लाका पर्यटकीय क्षेत्रको विकास गरि कर्णाली प्रदेशलाई विश्वकै पर्यटनको केन्द्र बनाउने पनि सरकारको लक्ष्य रहेको मुख्यमन्त्री शाहीको भनाई छ । कर्णालीको पर्यटन प्रबद्र्धन गर्न र विश्वको ध्यान कर्णालीमा केन्द्रीत गर्न सरकारले प्रधानमन्त्रीद्धारा कर्णाली रारा पर्यटन वर्षको उदघाटन गरेको उनले बताए । 

संसदमा वोल्दै मुख्यमन्त्री शाहीले सुर्खेतमा मेडीकल कलेज स्थापना, जिल्ला अस्पत्ताललाई ५० शैयामा स्तरबृद्धि र हरेक स्थानीय निकायमा १५ शैयाको अस्पत्ताल स्थापना गरेर स्वास्थ्य सेवा प्रदान गर्ने सरकारी लक्ष्य रहेको जानकारी दिए । सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालय, जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेश सरकारको मातहतमा ल्याउने र कर्णालीको लागि आवश्यक प्राविधिक जनशक्तिको विकास गर्न प्राविधिक शिक्षालय स्थापना गरिने मुख्यमन्त्री शाहीले बताए । 

कृषि क्षेत्रको विकासका लागि सहकारी मार्फत पशुपालन, तरकारी, फलफुल र अन्नवालीलाई व्यवसायीक बनाइने बताए । मुख्यमन्त्री शाहीले रैथाने वालीको संरक्षण एवं प्रबद्र्धन गर्ने र कर्णालीलाई अर्गानिक प्रदेशका रुपमा विकास गर्ने पनि सरकारको प्राथमिकतामा रहेको सदनलाई जानकारी दिए । 

मुख्यमन्त्रीको जवाफ पछि प्रदेश सभाले सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिवाट पारित गरेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गरियोस भनि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राखेको प्रस्ताव सभामुख राजवहादुर शाहीद्धारा निर्णयार्थ प्रस्तुत गर्दा प्रस्तावको विपक्षमा कोही पनि संसद देखिएनन् ।  

     
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप