बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

साउदीमा नेपाली गायक जिसीको निधन, भारतमा पनि एकको मृत्यु

बुधबार, १२ वैशाख २०७५, १९ : ४३
बुधबार, १२ वैशाख २०७५

-प्रेम सुनार

गुल्मी । गत दुई दिनको अन्तरालमा भारतसहित विभिन्न मुलुकमा प्रवासी जीवन बिताएका दुई नेपाली युवाको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक जना अर्घाखाँची र एक जना गुल्मीका युवा रहेका छन् ।  

गुल्मी हाडहाडे वर्दवास गाँउका ३२ वर्षीय नेपाली लोकगायक अमर जिसीको सउदीअरबमा उपचारका क्रममा ज्यान गएको छ । 

अहिले गायक जिसीको शव साउदी अरबमै रहेको छ ।  गत जेठ महिनामा छुृट्टीमा आएर  फेरी सउदी पुगेका जिसी त्यहाँ पुगेको अझैं वर्ष दिन पुगेको छैन ।  जिसी अमरका नामले  नेपाली लोकदोहरी र मोडलिङ क्षेत्रमा चर्चित कलाकार थिए ।

इन्द्र जिसीसहित टि–टाईम म्यूजिकमार्फत सयौं गीतमा उनले स्वर दिएका छन् भने त्यति नै गीतमा शब्द, लय सिर्जना र अभिनय पनि गरेका छन् ।

एक वर्षअघि मात्र उनका पिताको मृत्यु भएको थियो । चार वर्षअघि आमाको मृत्यु हुँदा उनले आफ्नी आमामा समर्पित ‘आमा मेरी आमा’ बोलको गीत समेत बजारमा ल्याएका थिए ।

जिसीले पछिल्लो चरण ‘अन्तिम सम्झना’ गीतको बोल बजारमा ल्याएका थिए । संयोग उनको वास्तविक जीवनमा समेत त्यो गीत अन्तिम सम्झना नै बन्न पुग्यो । 

यतिबेला परिवारमा रुवावासी रहेको छ । एक श्रीमती र स–साना दुई सन्तानको विचल्ली हुने भएको स्थानीय समाजसेवी गोविन्द कुँवरले बताए । कुँवरले भने, ‘सबैसँग सहयोगको हात नफैलाउनुको विकल्प छैन् ।’

त्यस्तै गत सोमवार साँझ साढे ७ बजेको समयमा भारतको हरियाणामा रेलको ठक्करबाट अर्घाखाँचीको सन्धीखर्क नगरपालिका वडा नम्बर–१३ का २३ वर्षीय विष्णु नेपालीको ज्यान गएको छ । नेपालीको मृत्यु भएको खबर आज मात्र परिवारलाई जानकारी गराइएको छ ।
 
भारतको गुडगााँवा  न्युपालम बिहार रुटमा चल्ने रेलको ठक्करबाट  ज्यान गएका नेपालीको शव भारतमै रहेको उनका पीता र श्रीमती सुमित्राले त्यतै  दाह संस्कार गरेको खबर प्राप्त भएको छ ।

वर्षौदेखि बाबुसँगै मजदुरी गरेका नेपाली परिवारको अवस्था नाजुक रहेकोले प्रवासीे  नेपाली जनसमाज भारत गुडगावाँ नगर समितिले सबैसँग सहयोगको अपिल समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप