कान्तिपुर टेलिभिजनलाई कांग्रेसको दबाब (विज्ञप्तिसहित)
काठमाडौं– कान्तिपुर टेलिभिजनद्वारा वैशाख १० गते बेलुका प्रसारण गरेको एक समाचारप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै कान्तिपुर टेलिभिजनद्वारा प्रसारित समाचारप्रति पार्टीको गम्भीर ध्यानकर्षण भएको जनाएका हुन् ।
वैशाख १० गते बेलुका ८ बजे कान्तिपुर टेलिभिजनमा गत निर्वाचनका क्रममा कांग्रेसद्वारा गरिएको प्रचार–प्रसार सामाग्री खरिदसँग सम्बन्धित समाचार प्रसारण भएको र उक्त समाचारमा उल्लेख गरिएको तथ्यांक भ्रामक भएको विज्ञप्तिमा जनाइएको छ ।
समाचार प्रसारण भएको भोलिपल्टै कांग्रेस केन्द्रीय कार्यालयले कान्तिपुर टिभीलाई एक पत्र लेखी प्रष्टीकरण समाचार प्रसारण गर्न दबाब दिएको तर त्यसको बेवास्ता गरेको जनाउँदै त्यो खालको भ्रामक समाचारमा कुनै सत्यता नभएको विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै