शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दयाहाङ नजिकिएपछि प्रियंकाको बढ्यो धड्कन (भिडियो)

बुधबार, १२ वैशाख २०७५, २० : १३
बुधबार, १२ वैशाख २०७५

काठमाडौं  । प्रदर्शनमा आउँन दुई दिन बाकी हुँदा चलचित्र ‘ह्याप्पी डेज’ले  नयाँ गीत सार्वजनिक गरेको छ । ‘सुस्त यो...’ बोलको सार्वजनिक गीतमा दयाहाङ राई र प्रियंका कार्कीको अभिनय रहेको छ । 

नरेश भट्टराईको शब्द तारा प्रकाशको संगीत रहेको गीतमा तारा र दीपा लामाको स्वर सुन्न सकिन्छ । गीतमा प्रियंका र दयाहाङको जोडी राम्रो देखिएको छ । 

मिलन चाम्स निर्देशित ‘ह्याप्पी डेज’लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरले मिलेर बनाएको हो । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रमा सञ्जय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्सलगायतका कलाकारको अभिनय छ । 

पैसा कमाउन बेलायत पुगेको एक नेपाली युवकको वैधानिक बसोबासका लागि गर्ने संघर्षको कथा चलचित्रले बोल्छ । २ करोड ५० लाख लगत खर्च बताइएको चलचित्रका वीपी खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता हुन् । 

चलचित्र लन्डन, नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्डलगायतका देशमा खिचिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप