चर्चित गायक काफ्ले र सिवाकोटीको यूरोपमा सांगीतिक धमाका
बुधबार, १२ वैशाख २०७५, २१ : ०१
काठमाडौं । चर्चित गायकद्वय कृष्ण काफ्ले र तुलसी सिवाकोटी नेपाली नयाँ बर्ष २०७५ को अवसरमा यूरोपको विभिन्न देशहरुमा आफ्नो सांगीतिक कोसेली प्रस्तुत गरिरहेका छन् ।
स्वीडेन र स्पेनमा आफ्नो सांगीतिक प्रस्तुत गरिसकेका गायकद्वयले अब स्पेनकै बिल्बाउ सहर र जर्मनी बेल्जियमलगायत विभिन्न देशहरुमा आफ्नो प्रस्तुति दिनेछन् ।
पछिल्लो समय निकै चर्चामा रहेका गायक काफ्लेको धेरै गीतहरु सफल छन् र अर्का गायक सिवाकोटी प्रवासमा बसेर विश्वका विभिन्न देशहरुमा हुने सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिँदै आएका छन् ।
निकै लोकप्रियता हासिल गरेका गायकद्वयहरुकलाई यसपालीको युरोप टुरले अझ लोकप्रियता बढाउने कुरामा ढुक्क छन् र युरोप टुरपछि गल्फ टुरको लागि तयार रहेका बताइएको छ ।