शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् आजका पत्रपत्रिकाका सम्पादकीय

बिहीबार, १३ वैशाख २०७५, ०७ : ३२
बिहीबार, १३ वैशाख २०७५

निराशापुर्ण पुननिर्माण : नागरिक

२०७२ वैशाख १२को भ्ुकम्पको धक्कालाई हाम्रो सार्वजनिक जीवनले विस्तारै विर्सदै गएको महसुस हुन्छ । भुकम्पको धक्का विर्सने, तर त्यसको वितण्डाबाट सिर्जित समस्या समाधान नहुने अवस्था विडम्बनाबाहे केही हुन सक्दैन । 

पुननिर्माणको सुस्त गतिले नीति निर्माण तहलाई जिस्क्याईरहेको छ भने सम्भावित यस्तै विपत्तिको तयारीसमेत हुन सकेको छैन । 

जापानजस्ता जिस्क्याईरहेको छ भने सम्भावित यस्तै विपत्तिको तयारीसमेत हुन सकेको छैन । 

जापानजस्ता मुलुकले विगत विपत्तिबाट सिकेर भविष्यका लागि काम गरेका हुन् 

भुकम्पपछिका तीन बर्ष यथार्थमै निराशापुर्ण रहेको छन् । 

ओली नेतृत्वको सरकारले पुननिर्माणलाई तीव्र बनाउन सकेन भने सर्वसाधारणमा वितृष्ण अरु बढ्नेछ । 
 

कांग्रेसको समीक्षा : नयाँ पत्रिका 

यतिखेर कांग्रेसले निर्वाचनमा पराजयका कारणको समीक्षा गरिरहेको छ । मंसिरमा हारेको निर्वाचनको समीक्षा वैशाखसम्म पनि नसकिनु कांग्रेस पार्टी सञ्चालनका लागि स्वाभाविक भए पनि आमरूपमा भने एउटा पराजित पार्टीको जीवनमा पुनर्ताजगी ल्याउन निकै सुस्त हो ।

समीक्षाका दृष्टिले पनि कांग्रेस तीन कित्तामा पुगेको छ । पहिलो सभापतिसहितको नेतृत्व, जो निर्वाचन समीक्षा टालटुल गरेर टार्न चाहन्छ । वास्तविक कारण खोतल्दा आफ्नै कमजोरी उधिनिने र नेतृत्वको वैधतामाथि प्रश्न उठ्ने भयले यो पंक्ति ग्रस्त छ ।

दोस्रो, रामचन्द्र पौडेलसहितका नेताको पक्ष छ, जो समीक्षाको मुख्य बिन्दु सभापतिलाई कमजोर बनाउन या दोषी देखाउनमा मुख्य जोड दिन्छ । यसलाई आफू नेतृत्वमा आउन पाए स्वतः कांग्रेसको क्यान्सर निको हुन्छ भन्ने भ्रम भएजस्तो देखिन्छ ।

तेस्रो पक्षमा केही युवा नेता छन्, जो कांग्रेसको समग्र स्वास्थ्य परीक्षण गर्ने र रोग पत्ता लगाएर उपचार थाल्ने अभीष्ट राख्छन् । यी तिनै पक्षबीचको संघर्ष या दाउपेचका कारण लामो समयदेखि कांग्रेस एउटा निष्कर्षमा पुग्न नसकेको हो कि जस्तो देखिँदै छ ।

सबैका तर्कमा दम भए पनि कांग्रेस वास्तवमा अब नयाँ पुस्ताको सक्रिय हस्तक्षेप र वैचारिक पुनर्जागरणले मात्र उठ्न र प्रतिस्पर्धा गर्न सक्ने पार्टी बन्न सक्छ भन्ने मत भने कांग्रेसभित्र बिस्तारै बलियो बन्दै गएको देखिन्छ ।
 

कांग्रेसको अबको बाटो : नेपाल समाचारपत्र 

इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको नेपाली कांग्रेसभित्र हालै सम्पन्न स्थानीय, प्रादेशिक र संघीय निर्वाचनको गम्भीर समीक्षा गर्दै भावी कार्यदिशाबारे विस्तृत केन्द्रीय समिति बैठकमा छलफल गरी निष्कर्ष निकाल्ने तयारी भैरहेको छ।

नेपालमा भएको हरेक राजनीतिक परिवर्तनको नेतृत्व गर्दै आएको कांग्रेस सबैभन्दा कमजोर भएपछि अब कसरी अघि बढ्ने भन्नेबारेमा केन्द्रीय सदस्यहरूले लिखित तथा मौखिक धारणा राख्ने क्रममा विस्तृत खाका प्रस्तुत गरेका छन्। निर्वाचनपछि कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा समेत कमजोर भएको छ। गुट–उपगुटमा विभाजित रहेको कांग्रेसलाई अबको बाटो निकै चुनौतीपूर्ण छ।

कांग्रेसले पाँच वर्षपछि हुने निर्वाचनमा बहुमतसहित सबैभन्दा ठूलो दलको हैसियत कायम राख्ने उद्देश्य राखेको छ। यसको लागि कांग्रेसले आजैदेखि धेरै कुरामा सुधार गर्दै अघि बढ्नुपर्छ।

यसको लागि कांग्रेसले आफ्नो नीति, सिद्धान्त आमजनतासमक्ष लैजानु त छँदै छ, त्यसभन्दा पहिले पार्टी संरचनालाई बलियो र विधि–विधानअनुसार अघि बढाउनुपर्छ।

मुलुक संघीयतामा गइसकेको छ तर कांग्रेसको संगठनिक संरचना संघीय व्यवस्थाअनुसारको छैन। नेतृत्वले पार्टी विधानले निर्देशित गरेअनुसार मात्र अघि बढाएको भए पनि कांग्रेस यति कमजोर नहुने विश्लेषण हुँदै आएको छ।

कांग्रेस सुधार्ने सुत्र : अन्नपुर्ण पोष्ट

लामो समय सत्ता सञ्चालनको अभ्यासमा सहभागी नेपाली कांग्रेस निर्वाचनबाटै प्रमुख प्रतिपक्षी दल बन्न पुगेको छ । 

पछिल्लो निर्वाचनको जनमत एकातर्फ बाम गठबन्धनको स्थिर सरकारको अपेक्ष हो भने अर्कोतर्फ कांग्रेसलाई सत्ताबाट विमुखीकरणको आशा पनि हो । 

जमतले कांग्रेस सत्तामा निरन्तरता नस्विकोको स्पष्ट अभिव्यक्ति थियो त्यो । 

निर्वाचन परिणामलाई लिएर कांग्रेसभित्र अहिले भईरहेको बहस त्यसैले अपेक्षित नै हो । 

झन्डै एक महिनादेखि चलिरहेको कांग्रेसको केन्द्रिय कार्यसमिति बैठकमा युवा नेता गगन थापालगायतले प्रस्तुत गरेको प्रस्तावलाई कांग्रेस पुनर्जागरणमा सकारात्मक थालनीका रुपमा लिन सकिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप