शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

थुनामा रहेका सांसद निलम्बनमा पर्ने कि नपर्ने ?

बिहीबार, १३ वैशाख २०७५, ०७ : ५७
बिहीबार, १३ वैशाख २०७५

काठमाडौं - तीन वर्ष भन्दा बढी कैद सजाय हुने फौजदारी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सांसद निलम्बन हुने वा नहुने प्रवधानमा दलहरुबीच विवाद हुँदा प्रतिनिधिसभा नियमावली मस्यौदाको कार्य प्रभावित बनेको छ ।

नियमावली मस्यौदा समितिमा विवादिन विषयमा पछिल्ला तीन बैठकमा कुनै सहमति नभएपछि विवादित विषयमा शीर्ष नेताहरुबीच परामर्श गर्ने तयारी गरिएको छ ।

शीर्ष तहको परामर्शबाट पनि विवादित विषय टुंगो नलागे बहुमतीय प्रक्रियाबाट नयमावलीको छिनोफानो हुनेछ । प्रतिनिधिसभा नियमावली मस्यौदा अन्तिम चरणमा छ।

तर, फौजदारी कसुरमा पुर्पक्षका लागि थुनामा रहेका सदस्यलाई निलम्बन गर्ने वा नगर्ने विवदामा दलहरु फसेका छन् । आजको गोरखापत्रमा यो समाचार छापिएको छ ।

तीन वर्षभन्दा माथिको कैद सजाय हुने मुद्दामा पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा सदस्यलाई निलम्बन गुर्नपर्ने अडानमा एमाले र माओवादी केन्द्र छन्।नेपाली काँग्रेस तथा राष्ट्रि जनता पार्टी निलम्बनको विपक्षमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप