बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धोनीसामु निरिह विराट

बिहीबार, १३ वैशाख २०७५, ०९ : ३९
बिहीबार, १३ वैशाख २०७५

बैंग्लुरु । चेन्नाई सुपरकिङ्ग्सका कप्तान महेन्द्र सिंह धोनी टी–२० क्रिकेटमा कप्तानका रुपमा ५ हजार रन बनाउने पहिलो खेलाडी बन्दा रोयल च्यालेन्जर्स बैंगलोर ५ विकेटले पराजित भएको छ ।

विस्फोटक ब्याटिङ प्रदर्शन गर्दै धोनीले ७० रन बनाएपछि चेन्नाईले २ सय ६ रनको लक्ष्य दुई बल अगावै ५ विकेटको क्षतिमा पछ्यायो ।

धोनीले मात्र ३४ बलमा ७ छक्का र १ चौकाको मद्दक्तले उक्त रन बनाए । आइपीएलको कुनै पनि खेलमा धोनीले हिर्काएको यो सबैभन्दा धेरै छक्का पनि हो ।

खेलमा चेन्नाईको शुरुवात भने राम्रो हुन सकेन । नवौँ ओभरमा मात्र ७४ रन मा चेन्नाईले आफ्नो ४ विकेट गुमाएको थियो ।

तर, त्यसपछि कप्तान धोनी र ओपनर अम्बाती रायडुले चेन्नाईको खेल सम्हाले । शतकीय साझेदारीमा रनआउट हुन अघि रायडुले ५३ बलमा ८ छक्का र ३ चौकाको मद्दतले ८२ रन बनाए ।

यता, एक पटक फेरि बैंग्लोर कमजोर बलिङका कारण हार बेहोर्नुपरेको छ । 

पहिलो ब्याटिङ गर्दै बैंग्लोरले एबी डिभेलियर्सको ६८ रनको मद्दतले निर्धारित २० ओभरमा २ सय ५ रनको विशाल योगफल तयार गरेको थियो ।

जसमा क्विन्टन डि कक र मन्दिप सिंहले क्रमशः ५३ र ३२ रनको योगदान दिए । 

विशाल योगफल बनाए पनि बैंग्लोरले त्यसलाई रक्षा भने गर्न सकेन ।

जीतसँगै चेन्नाई ६ खेलपछि १० अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ भने बैंग्लोर पुछारबाट तेस्रो स्थानमा सिमित बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप