शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एउटा यस्तो शाकाहारी बर्गर जसलाई टोक्दा ‘रगत’ निस्कन्छ !

बिहीबार, १३ वैशाख २०७५, १० : ००
बिहीबार, १३ वैशाख २०७५

बीबीसी

एक क्याफेमा बसिरहेका १९ वर्षीय इवान मेक्कारमेक अगाडि राखिएको ठूलो र रसिलो बर्गरलाई ध्यानपूर्वक हेरिरहेका छन् ।

यो मासुजस्तै देखिन्छ, यसबाट मासुको जस्तै बास्ना पनि आउँछ र टोक्दा यसबाट रगत पनि बग्छ ।

तर यो सबै धोका हो ।

‘यो बर्गर अन्य शाकाहारी बर्गरभन्दा रसिलो र कुरकुरे छ, त्यसैले मलाई यो निकै मनपर्छ । यो अन्य बर्गरभन्दा ठूलो पनि छ । ’

उक्त बर्गर सिलिकन भ्यालीको एक कम्पनी इम्पोसिबल फूड्सले बनाएको हो । कम्पनीका अनुसार गहुँ, नरिवलको तेल र आलूबाट बनाइएको यो बर्गरले लगभग सबैजसो मांसाहारीलाई झुक्काइदिन्छ ।’

यो बर्गर बनाउनुको मुख्य उद्देश्य पर्यावरणलाई बचाउनु हो ।

कम्पनीका सिइओ प्याट ब्राउनले आफू सन् २०३५ सम्म खानामा पशुको प्रयोग पूर्ण रुपमा समाप्त गर्ने प्रविधिमाथि काम गरिरहेको बताए ।

उनका अनुसार मासुको कारोबारका लागि जनावरलाई पाल्नु एक कारखाना चलाउनुजस्तो हो । मासु, माछा र डेरी तीन उद्योगलाई यसमा समावेश गरिन्छ ।

उनी भन्छन्, ‘यी तीन उद्योगले अत्यधिक मात्रामा ग्रीनहाउस ग्यास बनाउनुका साथै सबैभन्दा बढि पानीको प्रयोग र त्यसलाई प्रदुषित पार्ने काम गर्छ ।’

फुड एण्ड एग्रिकल्चर अर्गनाइजेशन (एफएओ) का अनुसार उत्सर्जित हुने ग्रीनहाउस ग्यासको १८ प्रतिशत पशुपालन उद्योगबाट आउँछ ।

सेन्टर फर एग्रिकल्चर एण्ड बायोसाइन्स इन्टरनेशनलका अनुसार वनस्पती प्रोटिनको तुलनामा पशु प्रोटिनको उत्पादनमा ११ गुणा बढि जिवाश्म इन्धनको आवश्यकता हुन्छ ।

अमेजनसमेत संसारभरीका जंगललाई विभिन्न कारण देखाउँदै काटिँदैछ ।

यद्यपी, एफएओले मासुको कारोबारले करोडौंलाई रोजगारी दिएको पनि बताउँदै आएको छ ।

इम्पोसिबल फुड्सका बर्गर पर्यावरणविद र शाकाहारीलाई मन पर्नेछ तर अहिले यो अमेरिकाका केही रेष्टुरेन्टमा मात्र सिमित छ ।

सन् २०२० सम्म सुपरमार्केटका लागि पनि यो आफ्नो उत्पादन बढाउने योजना बनाइरहेको छ । कम्पनीले माछाबाट बनेको उत्पादनमा पनि काम गरिरहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप