बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ प्रतिवर्ष ५० लाख पर्यटक भित्र्याउने वाम गठबन्धनको कार्ययोजना

बिहीबार, १३ वैशाख २०७५, १० : १९
बिहीबार, १३ वैशाख २०७५

काठमाडौँ । वाम कार्यदलले १० वर्षमा प्रतिवर्ष ५० लाखका दरले पर्यटक भित्र्याउने कार्ययोजना सुझाएको छ । गत माघ ७ गते एमाले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा गठित कार्यदलले सरकारका प्राथमिकता र विकास योजनाका बारेमा प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा विकासका विभिन्न क्षेत्रहरूलाई समेटेर योजना खाका बनाइएको छ । सरकारलाई यी योेजना कार्यान्वयन गर्न सुझाइएको छ ।  

कार्यदलले नेपालको पर्यटन विकासका लागि ‘दश वर्षमा प्रतिवर्ष ५० लाख पर्यटक भित्र्याउने गरी प्राकृतिक, पुरातात्विक, ऐतिहासिक, धार्मिक र साहसिक पर्यटन प्रवद्र्धन गर्ने’ योजनाअघि सारेको छ ।

पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउनका लागि वार्षिक ४० अर्बका दरले खर्च गर्नेगरी विमानस्थलहरूको निर्माण र विस्तार गर्न पनि कार्यदलले सुझाएको छ । यसका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरका विमानस्थल निर्माण गर्ने खाका प्रस्तुत गरेको छ । गौतमबुद्ध विमानस्थल १ वर्षभित्र, पोखरा विमानस्थल २ वर्षभित्र र निजगढ विमानस्थल ७ वर्षभित्र सम्पन्न गर्ने कार्ययोजना प्रस्तुत गरेको छ ।

यस्तो छ वाम कार्यदलको पर्यटन प्रवद्र्धन र विमानस्थल निर्माणको खाका

-  स्तरीय होटल तथा रिसोर्टहरूको निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने ।

-  ताप्लेजुङदेखि दार्चुलासम्मको ग्रेट हिमालयन ट्रेल, धौलागिरि सेन्चुरीलगायतका पदमार्गमा पूर्वाधार विकास गर्ने ।

-  नयाँ गन्तव्यको खोजी गरी पूर्वाधार विकास गर्ने ।

-  हिमाल आरोही र पदयात्री पर्यटकहरूको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था गर्ने ।

-  प्रत्येक स्थानीय तहमा स्थानीय विशेषतासहितको पर्यटक गन्तव्यको विकास र होमस्टेको व्यवस्था गर्न स्थानीय पालिकाहरूसँग सहकार्य गर्ने ।

-  अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटनको प्रचार–प्रसार र बजारीकरण गर्ने ।

-  डिज्नेल्यान्ड वा सोही प्रकारका ठूला एम्युजमेन्ट पार्क स्थापनाको सम्भाव्यता अध्ययन गरी काम अघि बढाउने ।

-  कूटनीतिक पहलमार्फत संयुक्त राष्ट्र सङ्घबाट गौतम बुद्धको जन्मदिनलाई विश्व ‘ध्यान दिवस’को रूपमा घोषणा गर्न लगाउने ।

वार्षिक रु. ४० अर्ब खर्च : हवाइमार्ग विकासका लागि यस्तो छ कार्ययोजना

-  पर्यटक सङ्ख्या दश वर्षमा ५० लाख पु¥याउने गरी अन्तर्राष्ट्रिय र क्षेत्रीय विमानस्थलहरूको निर्माण कार्य सात वर्षभित्रमा सम्पन्न गर्ने ।

-  गौतमबुद्ध विमानस्थल एक वर्षभित्र सम्पन्न गर्ने ।

-  पोखरा विमानस्थल दुई वर्षभित्र सम्पन्न गर्ने ।

-  निजगढको विमानस्थल सात वर्षभित्र सम्पन्न गर्ने ।

-  सात वर्षभित्र विराटनगर, नेपालगञ्ज, दाङ र धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा स्तरोन्नति गर्नुको साथै सुर्खेतको रामघाटमा समेत क्षेत्रीय विमानस्थल निर्माण गर्ने । हिउँदमा पनि आकास खुला रहने क्षेत्रको रूपमा उदयपुरमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्ने ।

-  पर्यटन विकासमा सहयोग पुग्नेगरी शैलुङ, अप्पर मुस्ताङ र रामारोशन गरी तीन स्थानमा दश वर्षभित्र सुविधा सम्पन्न विमानस्थलहरू निर्माण गर्ने ।

-  कञ्चनपुर, हुम्ला, जुम्ला, जनकपुर, भद्रपुर र सोलुस्थित आन्तरिक विमानस्थलहरूलाई स्तरोन्नति गरी अत्याधुनिक तुल्याउने ।

कार्यदल सम्बन्धी थप समाचार

अब नेपालमै स्मार्ट फोन र टिभी उद्योग : यस्तो छ बाम कार्यदलको औद्योगिक विकासको खाका

 

यस्तो छ वामकार्यदलको कृषि र सिंचाइमा आमूल परिवर्तनको खाका

वाम कार्यदलको योजना– ‘विदेशी सेनामा नेपाली भर्ना रोक्ने, नेपाल–भारत प्रवेशमा भिसा चाहिने’

यस्तो छ २ वर्षभित्र शिक्षा–स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने वाम कार्यदलको योजना

कार्यदल प्रतिबेदन : सवा ६१ खर्बको यस्तो छ वामदलको जलविद्युत सपना

वाम कार्यदलको नयाँ ‘प्रोजेक्ट’ : नेपाल–बङ्गलादेश भूमिगत रेलमार्ग

एमाले–माओवादी कार्यदल प्रतिवेदन : यी हुन् पार्टी एकताका ५ सैद्धान्तिक आधार

एमाले–माओवादी एकतापछि यस्ता हुनेछन् एकीकृत पार्टीका मुख्य १० काम

एमाले–माओवादी कार्यदल प्रतिवेदन : यी हुन् एकताका ७ कारण

एमाले–माओवादी कार्यदल प्रतिवेदन : भारतसँगको सम्बन्धबारे मौन !

एमाले-माओवादी एकतापछि यस्तो बन्नेछ एकीकृत पार्टी

एमाले–माओवादी एकता : दुई अध्यक्षका यस्ता हुनेछन् संयुक्त आठ अधिकार

काँग्रेसवारे यस्तो प्रतिवेदन लेख्यो एमाले–माओवादी कार्यदलले ?

एमाले–माओवादी एकतामा नयाँ प्रस्ताव : हरेक निर्णयमा दुवै अध्यक्षको हस्ताक्षर !

माओवादी मन्त्रीहरुको प्रचण्डसमक्ष गुनासो–प्रधानमन्त्रीज्यूको रवैया ठीक भएन

बामदेव नेतृत्वको कार्यदलको सिफारिस : सरकारले तत्काल गर्नुपर्ने यी हुन् काम

नेपाली समाजको चरित्र कस्तो, यस्तो लेखियो एकीकृत पार्टीको प्रतिबेदनमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप