शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आगलागीबाट तीन घर नष्ट

बिहीबार, १३ वैशाख २०७५, १० : ४२
बिहीबार, १३ वैशाख २०७५

राजविराज- सप्तरीको महदेवा गाउँपालिका–५ मा बुधबार आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन् । 

स्थानीय रामनारायण साहको गाईगोठमा बालेको घुरबाट सल्केको आगोले निजको एउटा गाईगोठ र छिमेकी रामदेव साहका एउटा घर तथा गाईगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । 

सो आगलागीमा खाद्यान्न, लत्ताकपडा, अन्नपात, फर्निचर र अन्य सामग्री गरी करिब रु पाँच लाख मूल्यबराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

आगोलाई स्थानियवासी, प्रहरी र राजविराज नगरपालिकाबाट गएको वारुण यन्त्रले नियन्त्रणमा लिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप