बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

परासीमा २ अर्ब लगानीमा फोरलेन बाटो निर्माण हुँदै

बिहीबार, १३ वैशाख २०७५, १२ : १५
बिहीबार, १३ वैशाख २०७५

परासी–परासीको बुद्धचोकदेखि निलोगेटसम्मको सडक चौडा गर्ने काम सुरु भएको छ । सदरमुकाम व्यवस्थित गने योजना अनुसार सडक चौडा गर्न थालिएको हो । सदरमुकामका सडक व्यवस्थित गर्न यो बर्ष ५० करोड रकम खर्च हुने भएको छ । 

तराईका सदरमुकाम विकास गर्न सरकारले बिनियोजन गरेको ५० करोड रकम  खर्चेर सदरमुकमका सडकहरु ‘फोर लेन’ बनाउन लागिएको हो ।

 ४ बर्षसम्म बार्षिक ५० करोडका दरले चार बर्षमा २ अर्ब खर्चेर सदरमुकाम व्यस्थित बनाइने योजना अघि सारेको छ ।  पहिलो चरण अन्र्तगत बुद्धचोकदेखि निलो गेटसम्म १ हजार ४ सय २८ मिटर लम्बाई रहेको उक्त बाटो १४ करोड, ७ लाख ५७ हजार ८७४ रुपैयाँमा महालक्ष्मी, सुनकोशी, वल्र्डवाईड जे.भी काठमाडौलाई ठेक्का दिइएको छ । गत वर्ष असार २९ गते आयोजना सम्झौता भएपनि विभिन्न प्राविधिक समस्याले काम ढिलो शुरु भएको छ । ठेकेदार कम्पनीले बाटो निर्माण क्रममा बाटोमा रहेका रुखहरुको कटान, माटो फिलिङ्ग, नाला तथा कल्भर्ट निर्माणको कार्य गरिरहेको छ ।

रामग्राम नगरपालिकाले सडक विस्तारका लागि सडकको सेन्टरबाट ५०÷५० फिट जग्गा बाटोलाई लिने छ । दुबै साईडमा ३.५ मिटरको दुई÷दुई लेनको पिच बाटो निर्माण गरिने छ । बाटोको बिचमा एक डिभाईडर राखि विरुवाहरु रोपेर हरियाली बनाइने रामग्राम नगरपालिकाका ईन्जिनियर सतिश गुप्ताले जानकारी दिए । 

ईन्जिनियर गुप्ताका अनुसार बाटोको सडकका दायाँवायाँ ढलनिकास, पैदलयात्रीका लागि पेटी निर्माण पनि गरिने छ । बुद्धचोकदेखि निलोगेटसम्मै सोलार बत्तिपनि जडान गरिने ईन्जिनियर गुप्ताले बताए ।

सडक पुर्ण रुपले ट्राफिक नियम अनुसार बनाइने ठेकेदारले जनाएको छ ।सदरमुकाम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले सडक विस्तारका रुपमा पहिलो काम थालेको जनाएको छ । यो आयोजना पुरा हुन १५ महिना भन्दा बढि समय लाग्ने नगरपालिकाले जनाएको छ । बाटो सहित रामग्राम नगरपालिका भौतिक संरचामा अगाडी बढिरहेको नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ताले बताए । 

प्रमुख गुप्ताले भने, यता महेसपुर चोकदेखि बाईपाससम्म पनि फोर लेन बाटो बन्दै छ भने मन्झरिया चोकदेखि झरही खोलासम्मको बाटो पनि थप व्यस्थित भैरहेको नगरपालिकाले जनाएको छ । सोही कार्यक्रम अन्तर्गत सदरमुकामको परासी हाटबजार पनि थप व्यस्थित बनाइने छ । रामग्राम नगरपालिका २ मा पर्ने बुधबारे तथा शनिवारे बजार व्यवस्थित गर्न १५ करोड रुपियाँको टेण्डर गरिएको नरपालिकाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप