बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यदि भूतमा विश्वास गर्नुहुन्छ भने यी तस्बिर नहेर्नुहोस्

बिहीबार, १३ वैशाख २०७५, १२ : ३३
बिहीबार, १३ वैशाख २०७५

के तपाईं भूतमा विश्वास गर्नुहुन्छ ? के तपाईं यहाँ दिइएका तस्बिर हेरेर बताउन सक्नुहुन्छ कि आखिर यसमा के भएको होला जसको वास्तविकता अहिलेसम्म पत्ता लाग्न सकेको छैन । आज हामी तपाईंलाई केही यस्ता फोटो देखाउँदैछौं । यी फोटोमा केही मानिसहरुले यस्ता कुरा देखेका छन् जसको वास्तविकता थाहा पाउन निकै मुश्किल छ ।

माथि दिइएको इंगल्याण्डको स्रोपसायरको यो तस्बिरले धेरै मानिसलाई चकित तुल्यायो । वास्तवमा फुटबल वर्ल्डकप हेरेपछि केही साथीहरुले एक चौरमा पार्टी गरे । यसै क्रममा एकजना साथीले तीनजनाले रमाइलो गरिरहेको फोटो खिचे तर पछि फोटो हेर्दा उनीहरुले पछाडि भिन्न वस्तु भएको थाहा पाए ।

फोटोमा उनीहरुले पछाडिको एउटा पुरानो भवनको झ्यालबाट अचम्मको वस्तुले हेरिरहेको देखे । फोटो जुम गरेर हेर्दा कुनै महिला बच्चा लिएर उभिरहेको देखियो । जब सबैले आखिर त्यो के वस्तु हो भनी पत्ता लगाउन भवन वरिपरिकालाई सोधे तब उनीहरुले त्यहाँ कोही पनि नबस्ने  र वर्षौंदेखि उक्त भवन खाली भएको थाहा पाए ।

मानिसहरुले बताए उक्त स्थानको वास्तविकताः

त्यसबारे सटिक जानकारी प्राप्त गर्न उनीहरुले उक्त फोटो सोसल मिडियामा सेयर गरे जसमा केही व्यक्तिले कमेन्ट गरेर उक्त भवनमा एक महिला र बच्चाको आत्मा भट्किने गरेको बताए ।

यद्यपी, यो कहानीमा कति वास्तविकता छ त्यो भने पुष्टि भएको छैन ।

सय वर्ष अघिको यो फोटोमा यी महिलाको काँधमा कसले हात राखे ?

भूतलाई विश्वास नगर्नेहरु यो फोटोलाई क्यामराको लंग एक्सपोजर बताउँछन्  तर यस्तो पटक्कै होइन ।

लीड्सको एक अस्पतालमा यो फोटो एक कर्मचारीले खिचेका थिए । यो अस्पतालको करिडोरमा अचम्मको आवाज आउने गरेको खबर सार्वजनिक हुने गरेको छ ।

यो कारमा कोही पनि थिएन तर साइडको सिसामा तपाईंले एउटा अनुहार देख्नुहुन्छ ।

क्विनल्याण्डका किम डेविडसनले उनको यो फ्यामिली फोटोमा एक महिलाको भूत कैद गरेको जो सय वर्ष अघि यसै स्थानमा डुबेर मरेको भनी दाबी गरेका छन् ।

धेरैले यो फोटोलाई कुनै वस्तुको रिफुलेक्सन मान्छन्, तर यस्तो होइन भनी दाबी गरिएको छ ।

वर्षौं पहिले बन्द भएको संग्रहालयको सिसिटिभीमा कैद भएको दृश्य ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप