शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पार्टी एकता जनताको साझा सम्पत्ति हो : प्रचण्ड

बिहीबार, १३ वैशाख २०७५, १२ : ४०
बिहीबार, १३ वैशाख २०७५

रौतहट–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम एकता जनताको साझा सम्पत्ति भएको बताएका छन् ।

रौतहटको चन्द्रपुरमा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले एकता सिंगो देश र जनताले चाहेको भन्दै एकता साझा सम्पत्ति भएको बताएका हुन् । 

‘अहिले सिंगो देशले एकता चाहेको छ, हामीले सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौति पनि छ’ अध्यक्ष प्रचण्डको भनाई छ । 

पार्टी एकता जनताबाट अनुमोदित बिषय भएको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले यसमा बिलम्ब गर्नु नहुने बताए । उनले पार्टी एकता लामो समयदेखिको अभ्यासको परिणाम भएको भन्दै एकता गर्न सजिलो भने नभएको बताए । ‘यो सजिलो विषय हैन, कम्युनिष्टहरुबीच एकता गर्ने बिषयमा मदन भण्डारीसँग जेठको ६र७ गते छलफल गर्ने कुरा भएको थियो तर उहाँको बीचमै हत्या भयो’ प्रचण्डले २०५० सालको घटना स्मरण गरे ।

यहि शुक्रबार पार्टी एकताको कामलाई अन्तिम रुप दिनेपनि अध्यक्ष प्रचण्डले दावी गरे ।

‘एकता भाड्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै लागिपरेको बताउँदै उनले एकता प्रक्रियाको अन्तिम लडाईंमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आह्वान समेत गरे ।

उनले अहिलेको देशको समृद्धि नै मुख्य कार्यभार भएको भन्दै त्यसलाई पुरा गर्न सबैको कर्तव्य भएकाले सम्बृद्धिमा सवैको ध्यान जानुपर्ने धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप