शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार ज्ञवाली नियुक्त

बिहीबार, १३ वैशाख २०७५, १२ : ४५
बिहीबार, १३ वैशाख २०७५

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् । बैंकको संचालक समितिको ३०१ औं बैंठकले विगत २ वर्ष देखि विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

गत ३ महिनादेखि उनी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए । नव नियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको करिव ५ वर्ष अधिकृतस्तरमा नेपाल राष्ट्र बैंकमा विभिन्न विभागमा कार्य गरेको अनुभव छ । त्यसैगरी बैंकिङ क्षेत्रमा करिव १७ वर्षको अनुभव रहेको छ । उनी वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट समेत हुन् । हाल ज्योति विकास बैंकले ५० वटा शाखा कार्यालय तथा १४ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप