बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मनोज पुनलाई सहयोग गरेको आरोपमा पक्राउ परेका माओवादी नेतालाई जिम्मेवारीबाट हटाइयो

बिहीबार, १३ वैशाख २०७५, १२ : ४९
बिहीबार, १३ वैशाख २०७५

बुटवल – केहि महिनाअघि प्रहरी इन्काउण्टरमा मारिएका गुण्डा नाईके मनोज पुनलाई सहयोग गरेको अभियोगमा पक्राउ परेका नेकपा माओवादी केन्द्र राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य लेखनाथ न्यौपाने, र जिल्ला सदस्य तुल्सी न्यौपानेलेलाई जिम्मेवारीबाट हटाईएको छ ।

नेकपा माओवादी केन्द्रका रुपन्देही जिल्ला इन्चार्ज दधिराम न्यौपानेले विहिवार विज्ञप्ती निकाली उनिहरु पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको जनाएका हुन ।

 इन्चार्ज न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘पार्टीको आन्तरिक छानविन रिपोर्ट, पार्टी केन्द्रको निर्देशन तथा अन्य विभिन्न सूचनाको श्रोतको आधार अध्ययन गर्दा गम्भीर प्रकृतिको घटना वा गतिविधिसँत जोडिएको मुद्दा भएकाले र राज्यको सुरक्षा निकायबाट समेत छानविन भईरहेको हुंदा यथार्थपरक ढंगबाट सत्यतथ्य पत्ता लगाउनसहजता प्रदान गर्नको लागि गिरफ्तारीमा रहेका निज लेखनाथ न्यौपाने र तुल्सी न्यौपानेलाई पार्टीको सबै जिम्मेवारीबाट हटाईएको छ ।’

गुण्डाको नाईके मनोज पुनलाई उद्योगी व्यवसायीको व्यक्तिगत विवरण उपललव्ध गराउने सहयोग गरेको  अभियोगमा उनीहरुलाई वैशाख ५ गते प्रहरीले पक्राउ गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप