बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेलद्वारा एक वर्षमा २१ करोड बराबरको निःशुल्क उपचार

बिहीबार, १३ वैशाख २०७५, १३ : १३
बिहीबार, १३ वैशाख २०७५

विराटनगर– विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिगत एक बर्षको अवधिमा करिव २१ करोड वरावरको निःशुल्क उपचार गरेको छ । ०७४ बैशाखदेखि चैत महिनासम्मको अवधिमा ५५ हजार ९ सय ५९ विरामीलाई २० करोड ८४ लाख ७१ हजार ९ सय ९० मुल्य वरावरको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । 

    बिपन्न नागरिक औषधि उपचार कोष र आमा सुरक्षा कार्यक्रमसहित अस्पतालको तर्फबाट उक्त मुल्य वरावरको उपचार निःशुल्क गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिएका छन् । उनका अनुसार नोबेलको तर्फबाट ४४ हजार ६ सय ३८ जना विरामीलाई १२ करोड १९ लाख ७६ हजार २ सय ५० वरावरको निःशुल्क उपचार गरिएको छ । 

    त्यस्तै आमा सुरक्षा कार्यक्रम र विपन्न नागरिक औषधि उपचार कोषबाट ११ हजार ३ सय २१ जना विरामीले ८ करोड ६४ लाख ९५ हजार ७ सय ४० वरावरको उपचार सहुलियत पाएका छन् । आमा सुरक्षा कार्यक्रममार्फत १० हजार १ सय २८ जना विरामीले ३ करोड ५४ लाख ३७ हजार मुल्य वरावरको उपचार सेवा पाएका छन् । यता विपन्न नागरिक औषधि उपचार कोषबाट १ हजार १ सय ९३ विरामीले ५ करोड १० लाख ५८ हजार ७ सय ४० वरावरको उपचार सहुलियत पाएका हुन् । निःशुल्क उपचार पाउँनेमा मोरङ, सुनसरी, झापा, ईलाम, धनकुटा लगायत जिल्लाका विरामीको संख्या धेरै छ । 
 

   नोबेल अस्पतालको तर्फबाट कतिपय विरामीलाई पूर्ण रुपमा निःशुल्क उपचार गरिएको छ भने कतिपयले उपचारमा छुट पाएका हुन् । अत्यन्तै न्यून आर्थिक अवस्थाका विरामीलाई नोबेल अस्पतालले निःशुल्क उपचारसँगै औषधि, खाना र विरामीलाई एम्वुलेन्सको ब्यवस्थापनि मिलाईदिएको छ । उपचार गर्ने पैसा नहुँदा मृत्युको मुखमा पुगेका धेरै विरामीलाई नोबेलले निःशुल्क उपचार गरेर बचाएको भन्दै विरामी र विरामीका आफन्तले खुःशी ब्यक्त गरेका छन् । 
    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप