बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पजस्तै देखिने महिला भइन् इन्टरनेटमा भाइरल

बिहीबार, १३ वैशाख २०७५, १३ : ५७
बिहीबार, १३ वैशाख २०७५

काठमाडौं–स्पेनकी एक आलु किसान हाल इन्टरनेटमा चर्चामा छिन् । मानिसहरु उनको अनुहार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तुलना गरिरहेका छन् ।

आम रुपमा भाइरुल हुने अवस्थामा जस्तो यो परिघटनाको शुरुवात एक फोटोबाट भयो । डोलेरस लेइस एन्टेलो नाम उक्त महिलाले एक स्थानीय पत्रिका ‘ला भोज दे ग्यालिसिया’को लागि एक फोटो खिचाएकी थिइन् । यो फोटो पत्रिकामा उनको किसानको जीवनबारे छापिन लागेको फिचरको लागि लिइएको थियो ।

यो फोटोमा उनी काँधमा कोदालो राखेर आफ्नो खेतमा हेरिरहेकी छिन् । उनको अनुहारमा आफ्नो खेती प्रति गम्भिरता देखिन्छ । केहीले फोटोमा एक कर्मठ किसानको देखे होलान तर अरुले त्यसमा ट्रम्प देखे ।
अमेरिकी राष्ट्रपतिजस्तो सुविधा त उनलाई छैन तर उनको कपाल ट्रम्पको जस्तै हल्का, नरम र कैलो छ । सायद यो घाममा धेरै काम गरेकोले भएको हुनुसक्छ ।

इन्टरनेटले आफूले चाहेको कुरा देख्ने र हाल्का समानतालाई पनि बढाईचढाई गर्ने सन्दर्भमा हाल ट्रम्पको जुम्हाला बैनी भेटेको छ । 

केहीले उनलाई ‘कोष्टा दा मोर्तेको डोनाल्ड ट्रम्प’ भनिरहेका छन् । स्पेनिस भाषामा ‘मृत्युको किनार’ हुने ‘कोष्टा दा मोर्ते’ ति किसान महिला डोलेरस लेइस एन्टेलो बस्ने सुन्दर समुन्द्री क्षेत्रको नाम हो ।
यो चर्चामा उनको चाहीँ  के धारणा छ त ?

“मेरो फोटोको धेरै टाढासम्म चर्चा भएको जस्तो देखिन्छ । यस्तो हुनुमा मेरो कपालको रङ्ग जिम्मेबार छ जस्तो लाग्छ । ” उनले ला भोज दे ग्यालिसियालाई भनिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप