हेलिकोप्टर भाडामा लिएर छोरी र नवजात शिशुको ज्यान बचाए यी किसानले
रसुवा– बिहीबार रसुवास्थित जिल्ला अस्पताललाई क्यानडेडियन रेडक्रसले एउटा अत्याधुनिक भवन हस्तान्तरण गर्दै थियो । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जिव थापाले सो नवनिर्मित भवनको उद्घाटन् गरिरहेका थिए । अध्यक्ष थापासहित क्यानेडियन रेडक्रसका अध्यक्ष गविन गिल्स पनि सो भवन उद्घाटनमा पुगेका थिए । त्यहीबेला एकजना सर्वसाधारण किसान आफ्नी सुत्केरी छोरीलाई एउटा नीजि हेलिकोप्टर भाडामा लिएर थप उपचारका लागि काठमाडौं पठाउँदै थिए ।
स्थानीय सुपा तामाङले नीजि हेलिकोप्टर भाडामा लिएर सुत्केरी भएकी छोरी र नवजात शिशुलाई काठमाडौं पठाइरहँदा जिल्ला अस्पतालका लागि एउटा नयाँ भवन दातृ निकायले हस्तान्तरण गरिरहेको थियो । तर नयाँ भवन हस्तान्तरण भएपनि तामाङले छोरी र नवजात शिशुको थप उपचारका लागि आवश्यक जनशक्ति र उपकरण पाएनन् ।
जिल्ला अस्पतालका लागि नयाँ भवन र आवश्यक उपकरण हस्तान्तरण त भइरहेको थियो तर तामाङकी सुत्केरी छोरी र नवजात शिशुले तत्काल त्यसबाट सुविधा लिने सम्भावना कम थियो । त्यसैले सुपाले हेलिकोप्टर भाडामा लिएर उपचारका लागि छोरीलाई काठमाडौं पठाए । सुपाले पाएको दुःख रसुवालीहरुका लागि अन्तिम होस् । तस्विरः रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने