शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्सका राष्ट्रपति माक्रोंले दिए अमेरिकी राष्ट्रपति ट्रम्पका नीतिलाई चूनौती

बिहीबार, १३ वैशाख २०७५, १५ : १३
बिहीबार, १३ वैशाख २०७५

एजेन्सी– फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले अमेरिकी संसद्का दुवै सदनलाई गर्नु भएको सम्बोधनको क्रममा आफ्ना समकक्षी डोनाल्ड ट्रम्पका केही नीतिहरूलाई सशक्त रूपमा चुनौती दिएका छन् । 

उनले पेरिस सम्झौताबाट अमेरिका अलग हुन नमिल्ने र सो सम्झौतामा अमेरिका फर्किनेमा आफू विश्वस्त रहेको बताएका छन् । 

सम्बोधनका क्रममा उपस्थित सांसदहरूबाट माक्रोंलाई धेरै पटक सम्मान ताली बजाएर सम्मान गरेका थिए । सम्बोधन गर्न लागेका माक्रोंप्रति सांसदहरू तीन मिनेटसम्म उभिएर सम्मान देखाएको बताइएको छ । 

अमेरिका र फ्रान्सका यी दुइ राष्ट्रपतिबीच माक्रों भ्रमणको क्रममा मत मिल्दै आएका देखिएको भए तापनि आफ्नो भ्रमणमा माक्रोंले अन्तर्राष्ट्रिय व्यापार, इरान मामिला र वातावरणका विषयमा आफ्नो फरक मत राख्न भ्याएका छन् । 

उनले स्वतन्त्रता, सहिष्णुता र बराबरीको अधिकारले गाँसिएको कहिले नटुट्ने अमेरिका र फ्रान्सबीचको सम्बन्धको प्रशंसा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप