शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्चको संवैधानिक इजालासः अहिलेसम्म ५० वटामात्र मुद्दा फछ्र्योट

बिहीबार, १३ वैशाख २०७५, १५ : १७
बिहीबार, १३ वैशाख २०७५

काठमाडौँ– सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिलेसम्म ५० वटा मुद्दा मात्र फछ्र्योट भएको छ । 

सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले संविधानमा भएका व्यवस्थासम्बन्धी विवादमा अहिलेसम्म २६५ मुद्दामा इजलासमा ५० वटा मात्र मुद्दा फछ्र्योट भएको बताए । 

ती मुद्दा विसं २०६६ देखिका हुन् । उनले हप्तामा दुई दिनमात्र संवैधानिक इजलासमा परेका मुद्दा भएकाले धेरै फछ्र्योट गर्न नसकिएको जानकारी दिए । 

संवैधानिक इजलास बुधबार र शुक्रबार मात्र न्यायाधीशले हेर्ने गरेका थिए । अहिले सर्वोच्चमा कामु प्रधानन्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर राणा, दीपककुमार कार्की र केदारप्रसाद चालिसेले हेर्न गरेका छन् । 

२०७२ सालको संविधानको धारा १३७ ले संवैधानिक इजलासको प्रावधान राखेको छ । संवैधानिक इजालसमा संविधानसँग बाँधिएका रिट निवेदन, संघ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तहबीचको संविधानका अधिकारबारे उठेको विवाद तथा संसद्का सदस्यको योग्यताबारे उठेका विवादसम्बन्धी मुद्दा हेर्ने गरिन्छ । 

वि.सं २०७२ को संविधान गठन हुनुभन्दा पहिले सर्वोच्चमा विशेष इजसालले संविधानसम्बन्धी उठेका विषय हेर्ने गर्दथ्यो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप