बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रमुख निर्वाचन आयुक्त यादवको घरमा बम विष्फोट गराउने ४ जना प्रहरी नियन्त्रणमा

बिहीबार, १३ वैशाख २०७५, १५ : ४१
बिहीबार, १३ वैशाख २०७५

राजेश भण्डारी 
ललितपुर–प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरमा बम विष्फोट गराएको आशंका प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । वैशाख ९ गते यादवको हात्तिवनस्थित निवासमा एउटा बम विष्फोट गराइएको थियो भने निवास परिसरमा राखिएको अर्को शंकाष्पद बस्तुलाई नेपाली सेनाको टोलीले निस्क्रिय पारेको थियो । 

प्रहरीले बम विष्फोटमा संलग्न रहेको आशंकामा ललितपुरका मोहनप्रसाद शिवाकोटी, काठमाडौंका युवराज पराजुली, शुरेन्द्र भन्ने ढकबहादुर श्रेष्ठ र भिमसेन घिमिरेलाई नियन्त्रणमा लिएको छ ।  ‘विष्फोटमा संलग्न चार जनालाई नियन्त्रणमा लिएका छौं’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख (एसएसपी) गणेश ऐरले भने, ‘पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ ।’ 

सरकारले यादवको निवास सुरक्षार्थ खटिएका प्रहरी फिर्ता गरेपछि उनको घरमा बम विष्फोट भएको थियो । विष्फोटपछि महानगरीय प्रहरी परिसर लतिलपुरले उनको घरको सुरक्षार्थ प्रहरी परिचालन गरेको छ । 
प्रहरी स्रोतका अनुसार नेकपा (माओवादी) विप्लव समुहले विष्फोट गराएको आशंका गरिएको छ । यद्यपि, विप्लव समुहले अहिलेसम्म घट्नाको जिम्मेवारी लिएको छैन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप