शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोहलीलाई १२ लाख भारु जरिवाना

बिहीबार, १३ वैशाख २०७५, १६ : ००
बिहीबार, १३ वैशाख २०७५

बैंग्लोर । रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीमाथि १२ लाख भारु जरिवाना गरिएको छ । 

बिहिबार चिन्नस्वामी रंगशालामा भएको चेन्नाई सुपर किङ्ग्सविरुद्ध आइपीएलको खेलमा सुस्त ओभर रेट कायम गरेको भन्दै उनीमाथि सो जरिवाना गरिएको हो ।

जरिवानासँगै कोहलीलाई आधिकारिक चेतावनी पनि दिइएको छ ।

सो खेलमा चेन्नाई ५ विकेटले विजयी भएको थियो ।

यो सिजन कोहलीले पहिलो पटक आइपीएलको निलम उल्लंघन गरेको कारण १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको आइपीएलले जनाएको छ ।

सो खेलमा कोहलीले १८ रन बनाउँदा चेन्नाईले बैंग्लोरले प्रस्तुत गरेको २ सय ६ रनको लक्ष्य पछ्याउन सफल भएको थियो ।

चेन्नाईको जीतमा कप्तान महेन्द्र सिंह धोनीले नटआउट रहँदै ७० तथा अम्बाती रायडूले ८३ रन बनाएका थिए ।

जीतपछि चेन्नाई तालिकाको शीर्ष स्थानमा रहेको छ भने बैंग्लोर छैटौँ स्थानमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप