बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ब्रिटिस कलेजमा राजेद्र खेतानको एकेडेमिक गेष्ट लेक्चर

बिहीबार, १३ वैशाख २०७५, १६ : ०१
बिहीबार, १३ वैशाख २०७५

काठमाडौं । राजधानीको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ले नेपालको व्यवसायीक घराना खेतान ग्रुपका चर्चित व्यवसायी राजेन्द्र खेतान ल्याएर विशेष गेष्ट लेक्चर सम्पन्न गरेको छ ।

कलेजका कम्युनिकेशन मेनेजर सुप्रिया तुलाधरका अनुसार आइतबार व्यवसायी खेतानले नेपालमा निजी क्षेत्रको स्थिति, नेपाली शेयर बजार तथा देशको अर्थतन्त्रको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो । लेक्चरमा खेतानले विश्व बजारमा नेपालको उपस्थिती कस्तो छ भनेर आफ्नो ज्ञान तथा अनुभव बाँड्नुभएको थियो । साथै उहाँले नेपालले विश्व व्यापार संगठनसँग गरेको आयात तथा निर्यातमा लाग्ने कर बारेको सम्झौताबारे पनि प्रश्ट पार्नुभएको थियो । यसबारेमा बोल्दै  खेतानले उक्त सम्झौताले वैदेशिक लगानी वृद्धि भई नेपालको आर्थिक क्षेत्रमा सुधार भएको कुरा उल्लेख गर्नुभयो । हाल खेतान समूह नेपालको चर्चित व्यापारिक समूहमध्येको एक हो । जसले लक्ष्मी बैंक, लक्ष्मी माइक्रोफाइनान्स, लक्ष्मी क्यापिटल, प्राइम लाईफ इन्स्योरेन्स लगायतको क्षेत्रमा लगानी गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप