मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालका लागि कोलकाताबाट छुट्यो रेल

बिहीबार, १३ वैशाख २०७५, १६ : १३
बिहीबार, १३ वैशाख २०७५

काठमाडौँ– पूर्वी नेपालका उद्योगी व्यवसायीले तेस्रो मुलुकबाट आयात गरेका औद्योगिक कच्चा पदार्थ एवं अन्य मालसामान ढुवानी गर्ने कङ्कर नामक मालबाहक रेल कोलकाता–बथनाहा–जोगवनीतर्फ प्रस्थान गरेको छ । 

कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार जोगवनीतर्फ प्रस्थान गरेको उक्त रेललाई बुधबार बन्दरगाहमा झण्डा फहराएर कोलकाताबाट बिदाइ गरिएको हो । 

कोलकाताबाट नेपाल जाने मालबाहक दुई वटा रेलमध्ये आज जोगवनीतर्फ प्रस्थान गरेको मालबाहक रेल सेवा सञ्चालनसँगै समय र ढुवानी खर्चमा भारी कटौती हुनाका साथै व्यापार सहजीकरणमा योगदान पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप