बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

छोराले आमालाई, भाईले दिदी–बहिनीलाई कसरी बलात्कार गर्न सक्छ ?

बिहीबार, १३ वैशाख २०७५, १६ : २२
बिहीबार, १३ वैशाख २०७५

एजेन्सी । एक आमाले आफ्नै छोरामाथि बलात्कारको आरोप लगाइन् ।

घटना गुजरातको पाटनको हो । पाटनको पालनपुरमा बस्ने लीला (नाम परिवर्तन)ले आफ्नो २२ वर्षे छोराबिरुद्ध प्रहरीसमक्ष बलात्कारको मुद्दा दर्ता गराएकी छिन् ।

लीलाका अनुसार १९ अप्रिलको रात उनी घरबाहिर सुतिरहेकी थिइन् । मध्य रातमा जब उनी पानी पिउनको लागि घर भित्र गइन् तब उनको छोराले ढोका बन्द गरेर उनलाई जबरजस्ती गरेको थियो ।

लीलाले पुलिसलाई आफ्नो छोरालाई पोर्न हेर्ने लत लागेको बताइन् । ऊ आमा र बहिनीको अगाडिनै अश्लिल हर्कत गर्दथ्यो ।

नजिकको नातामा बलात्कार भएको घटनाको समाचार पहिले पनि आइरहन्थ्यो । भाईले बहिनीसँग, बुवाले छोरीसँग बलात्कार गरेको खबर समाचारहरुमा आइरहेका हुन्छन् ।

पहिलो पटक त यस्तो घटना पनि हुन सक्छ भनेर विश्वास पनि लाग्दैन । यस्तोमा एउटा प्रश्न उठ्छ आखिर नजिकको नातामा यस्तो जघन्य अपराध कसरी हुन्छ ?

के यो मानसिक रोग हो ?

मनोवैज्ञानिक डा.अरुणा ब्रूटा भन्छिन् “यस्तो अपराध गर्ने व्यक्ति सामान्य हुन सक्दैन । पक्कै पनि ऊ कुनै मनोरोगबाट ग्रसित हुन्छ, तर घरका मानिसहरुले यसलाई स्वीकार गर्दैनन् । यही कारणले यसको उपचार गरिँदैन र यस्तो दुर्घटना हुन्छ । फेरि यस्तो घटनाहरु परिवारमा घटेमा बेइज्जत हुने डरले यसलाई बाहिर ल्याइँदैन ।

मनोचिकित्सक डा. प्रवीण त्रिपाठी भन्छन् “यस्तो व्यक्तिले सम्बन्धको मर्यादालाई ख्याल गर्न सक्दैन । उनीहरु मानसिकरुपमा स्वस्थ हुदैनन् र विचारमा गडबढी हुन्छ । ” 

कैयौँ पटक यस्तो समाचार पढ्नेहरुले आजकल बच्चाहरु बिग्रिरहेको भन्छन् । तर यस्तो होइन । डाक्टरहरुका अनुसार यस्तो घटनाका दोषीहरु कुनै न कुनै मानसिक बिरामी हुन्छन् ।

डा. अरुणा ब्रुटा भन्छिन् “दुई खालको मनोरोग हुनेगर्छ । एक बाईपोलर डिप्रेसिव डिसअर्डर अर्को सिजोफ्रेनिया । बाइपोलार डिसअर्डरमा ‘मेनिया’ भन्ने एक चरण हुन्छ जसमा त्यसबाट ग्रसित मानिसको मानसिक अवस्था पागलपनको हदसम्म पुग्छ ।”

“यी बिरामीहरुमा मुड स्थिर हुँदैन । पटक–पटक उनीहरुको स्वभाव बदलिरहन्छ । तिनको सोचमा अन्यौलता रहन्छ । उनीहरुले शरीर नियन्त्रण गर्न नसकेर काम्न सक्छन् । यस्तो अवस्थामा उनीहरुले अपराध गर्न सक्छन् ।

डा.ब्रुटाका अनुसार यस्ता मानिसहरु अक्सर समाजिक रुपमा घुलमिलबाट पन्छिन खोज्छन् । उनीहरुले सामान्य व्यवहार कस्तो हुन्छ र सामाजिक नियमहरु कसरी काम गर्छ बुझ्न सक्दैनन् ।

आखिर यो रोग कसरी फैलिन्छ ? यो प्रश्नमा डा. प्रवीण त्रिपाठी भन्छन्, “कसैमा यो रोग आफै आउन सक्छ । तर, मेलमिलाप कम हुने परिवारमा यो समस्या बढी हुने सम्भावना हुन्छ । किनकी त्यस्तो परिवारका बच्चाहरुमा समाज र सम्बन्धको नियमबारे कम बुझाई हुने गर्छ ।”

वंशाणु कारण

जानकारहरुका अनुसार यस्तो मनोरोगको पछाडि आनुवांशिक कारण पनि जिम्मेवार रहन्छ । अरुणा ब्रुटाका अनुसार यदी परिवारमा आमा–बुवा, हजुरबुवा–हजुरआमा वा कोही नजिकको नातेदारमा यो समस्या छ भने भावि पिढीहरुमा पनि यो हुन सक्छ ।

आफ्नो छोरामा बढेको यौनिक क्रियाकलापका कारण चिन्ता गर्दै डा.ब्रूटा कहाँ पुगेकी एक महिलाले उनी बिबाह भएर आएको शुरुवाती दिन उनको ससुराले उनलाई दुर्व्यवहार गरेको बताएकी थिइन् ।

डा.ब्रूटाको भनाई छ, “बच्चाको हजुरबुबा पनि कुनै न कुनै हिसाबले मानसिक रोगले ग्रसित हुन सक्छन् । तर मानिसहरु यस्ता मानिसहरुको हेराई नै खराब छ भनेर अन्य कुरामा ध्यान दिँदैनन् । यसको उपचार गर्नुपर्छ भन्ने कुरा तिनको दिमागमा पनि आउदैन । फेरी बिस्तारै मानसिक स्थिति खराब हुन्छ र एक दिन ठूलो अपराध घट्छ ।”

पोर्नको लत कति जिम्मेवार ?

गुजरातमा आमालाई बलात्कार गर्ने घटनामा छोरालाई पोर्न हेर्ने लत लागेको थियो । आजकल मोबाइल, टीवीका कारण यी सामाग्रीहरु माथिको पहुँच सजिलो भएको छ ।

पोर्न हेर्ने लतको यस्तो अपराधहरुमा के भूमिका हुन्छ ? के यो लतले मानिसलाई अपराधतर्फ लिएर जान्छ ?

यो बारे यौनविज्ञ डा. प्रकाश कोठारी भन्छन्, “लगातार पोर्न हेर्दा मानिसको उत्तेजना बढ्छ । उनीहरुमा यौन उदासी भरिन्छ । सम्पूर्ण हिसाबमा यो नै अपराधको लागि जिम्मेवार त हुन्न तर यसले अपराधिक भावनालाई बढावा भने अवश्य दिन्छ । यसले यौन क्रियाहरुबारे गलत जानकारीहरु पनि दिन्छ ।”

डा.ब्रुटाले आफू कहाँ पोर्न हेर्ने लत लागेका केटा र केटी दुबै आउने बताइन् । जब कोही लगातार यी चिजमा लिप्त रहन्छ तब तिनको मानसिक स्थिति अझ बिग्रिन्छ । नियन्त्रण गुमाएको अवस्थामा उनीहरु यसलाई यथार्थमा बदल्न चाहन्छन् ।

१५–१६ वर्षकी एक युवतीको बारेमा बताउँदै डा.ब्रुटाले भनिन “उसलाई पोर्न हेर्ने लत लागेको थियो र यसैको प्रभावमा उसले एक दिन अर्धनग्न फोटो समाजिक सञ्जालमा हालिदिइन् ।”

डा. ब्रूटका अनुसार यो रोगमा कयैन चिजको असर हुन्छ र तिनले रोगलाई बढाइदिन्छ ।

के हो त समाधान ?

यो बारेमा डा. प्रवीण त्रिपाठी भन्छन्, “यो मामलामा व्यक्तिको व्यवहारमाथि ध्यान दिनु जरुरी हुन्छ । यदी कसैले एक पटक दुर्व्यबहार ग¥यो भने यसलाई गम्भिर रुपले लिनुपर्छ । डरका कारण उसले केही समय त नियन्त्रण राख्ला तर उसले दोहो¥हाएर यस्तो काम गर्ने सम्भावना रहन्छ ।

अरुणा ब्रूटाका अनुसार यो समस्या एक्कासी देखा पर्दैन । यसको लक्षण पहिलेदेखिनै देखिन्छ । जस्तो उनीसँग एक १५ वर्षको बच्चाको एक घटना आएको थियो ।

त्यो बच्चाले महिलाको शरीर कस्तो हुन्छ हेर्न चाहनाका कारणले आफ्नो आमालाई कपडा खोलेर देखाउन भनेको थियो । उसकी आमा आफ्नो बच्चाको यस्तो कुरा सुनेर निक्कै चिन्तित भएर डाक्टरकोमा आएकी थिइन् ।

डा.अरुणा ब्रूटाले भनिन् “रगतको नाताबीच भइरहेको व्यवहारमा पनि ध्यान दिनुपर्छ । जस्तो भाइ –बहिनी लडिबुडी गर्नु सामान्य कुरा हो तर त्यसमा धेरै भयो भने ध्यान दिनुपर्छ । सानो सानो कुरा जस्तो कोही कसैलाई कसरी हेरिरहेको छ, उनीहरुबीचमा कस्तो आत्मियता छ, ठूलाहरुको कुरामा ध्यान दिइरहेका छन् कि छैनन् यो सबले अर्थ राख्छ ।”

“यदी तपाईलाई केहीमा पनि शंका लाग्यो भने उसँग कुरा गर्नुस् र डाक्टरहरुसँग सल्लाह लिनुहोस् । यो औषधी र परामर्शले ठीक हुने मनोरोग हो । नजिकको नातेदार भए पनि दुर्व्यवहार भएमा यस्तो कुरालाई बाहिर ल्याउनुपर्छ । मानसिक रोगको बारेमा चर्चा भएन भने मानिसहरुले खास कारण थाहानै पाउदैनन् ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप