शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शिक्षामा विकासको दृष्टि आवश्यकः मन्त्री पोखरेल

बिहीबार, १३ वैशाख २०७५, १६ : २४
बिहीबार, १३ वैशाख २०७५

भक्तपुर– शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले शिक्षामा विकास भएमात्रै मुलुकको विकाश सम्भव हुने बताएका छन् । 

बिहीबार भक्तपुरमा भोकेशनल एकेडमीको उद्घाटन गर्दै मन्त्री पोखरेलले भने ‘शिक्षामा सुशासन कायम हुन जरुरी छ, नत्र सफलता मिल्दैन ।’

सरकारी क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्र मिलेर प्राविधिक र व्यवसायीक शिक्षामा काम गर्नु पर्नेमा मन्त्री पोखरेलले जोड दिए ।

‘स्थानीय क्षेत्रको आवश्यकता र समुदायमा आधारित प्राविधिक शिक्षा सञ्चानल अहिलेको आवश्यकता छ,’ मन्त्री पोखरेलले भने ।

नेपालमा रहेको विद्यमान बेरोजगारी समस्या समाधानको लागि सिपयुक्त प्राविधिक सबै स्थानीय तहमा पु¥याउन सरकार तयार रहेको पनि मन्त्री पोखरेलको भनाई छ । कार्यक्रममा नेपालका लागि जर्मन राजदूत रोनाल्ड सेफरले नेपालमा प्राविधिक शिक्षाको विकाशको लागि जर्मन सरकार सधैं तयार रहेको बताए । 

भोकेशनल एकेडमीका प्रार्चाय रविन्द्र पुरीले एकेडमीले वार्षिक २ सय दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप