बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ बजेटले सबै क्षेत्रलाई समेट्छः अर्थमन्त्री खतिवडा

बिहीबार, १३ वैशाख २०७५, १६ : २९
बिहीबार, १३ वैशाख २०७५

काठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले नयाँ बजेटले सबै क्षेत्रलाई समेटने दावी गरेका छन् । अर्थमन्त्री खतिवडाले सबै क्षेत्रलाई सन्तुलनमा ल्याउने गरी सरकारले नयाँ बजेट ल्याउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

बिहिबार काठमाडौंमा आयोजित पूर्व बजेटसम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ‘निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम’ कटौति गर्न नसकिने पनि स्पष्ट पारे । बजेट राजनीतिक तथा आर्थिक दस्ताबेज भएकाले यसले संसददेखि जनतासम्मलाई नयाँ सन्देश दिनुपर्ने अर्थमन्त्री खतिवडाको भनाई छ । 

अर्थमन्त्री खतिवडाले मुलुकमा रहेका जातीय, क्षेत्रीय, बर्गीय, लैंगिक सबै क्षेत्रलाई सन्तुलनमा ल्याउने ध्येय आगामी आर्थिक वर्षको बजेटको हुने पनि बताए । अर्थमन्त्री खतिवडाले कर, ऋण वा अनुदान सहायता विनानै बजेट ल्याउनुपर्ने असम्भव तर्क नगर्न पनि सबैसँग आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष डा.हरिभक्त शर्माले नयाँ बजेट उत्पादनशील क्षेत्रमा लगानी बढाउने गरी ल्याउनुपर्ने बताए । उनले उद्यमशीलताको माध्यामबाट मुलुकलाई समृद्ध बनाउने गरी बजेट ल्याउन सरकारको गम्भिर ध्यानाकर्षण गराए । बजेटले आयातित वस्तुहरुको बढदो आकर्षणलाई घटाउँदै लैजानुपर्नेमा अध्यक्ष शर्माको जोड छ ।

परिसंघले बजेट उद्यममैत्री हुुनुपर्नेमा जोड दिँदै आएको छ । संवैधानिक व्यवस्था अनुसार सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते ल्याउनेछ । अर्थमन्त्री खतिवडाले नयाँ बजेट परिकल्पनामा भन्दा पनि कार्यक्रम केन्द्रित हुने पनि स्पष्ट पारे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप