शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेयर बजार २९.२५ अंकले घट्यो

बिहीबार, १३ वैशाख २०७५, १६ : २९
बिहीबार, १३ वैशाख २०७५

काठमाडौं–साताको अन्तिम कारोबार दिनमा (बिहिबार) नेप्से परिसुचक २९.२५ अंकले ओरालो लागेको छ । शुरुमा बढेको बजार केही समय बढेर लगातार ओरालो लाग्दै कारोबार बन्द हुने बेलासम्म २९.२५ अंकले बजार घटेको हो ।

 कारोबार रकममा पनि गिरावट आएको छ । यस दिन ६४ करोड ५० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्रि भएको छ ।  बिहिबार १५९ कम्पनी कारोबारमा आएका थिए । सबै समुहमा ओरालो लाग्दा सबैभन्दा बढी बिमा समुह २३१.१२ अंकले घटेको छ ।  होटल समुह ४७.०९ अंकले घटेको छ भने जलविद्युत समुहतर्फ ४६.६८ अंकले घटेको छ । 

बजार घट्दा पनि राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । यस कम्पनीको २ करोड ८५ लाख रुपैयाँ भन्दा बढीको संस्थापक सेयरको कारोबार भएको छ ।  

नेपाल बैकको २ करोड १६ लाख बढीको कारोबार भएको छ भने तेस्रोमा  सिद्धार्थ बैंकको १ करोड ९३ लाख रुपैयाँ भन्दा बढीको सँस्थापक सेयरको कारोबार भएको छ ।   गत साता राम्रैसँग बढेको सेयर बजार फेरि निरन्तर ओरालो लाग्न थालेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप