अब आइसीसीका सबै १०४ सदस्य राष्ट्रलाई टी–२० मान्यता !
कोलकाता । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले बिहिबार आफूसँग आबद्ध १०४ राष्ट्रका दुवै पुरुष र महिला टोलीलाई टी–२० खेलको मान्यता प्रदान गर्ने भएको छ ।
आइसीसीका प्रमुख कार्यकारी अधिकृत डेभिड रिचर्डसनले कोलकातामा आयोजित एक पत्रकार सम्मेलनमा सो घोषणा गरेका हुन् ।
उनले यसका लागि विश्व वरियताको व्यवस्था पनि शुरु गरिने बताए ।
हाल टी–२० मान्यता प्राप्त १८ सदस्य राष्ट्र रहेका छन् । जसमा १२ पूर्ण सदस्यसहित नेपाल, स्कटल्याण्ड, नेदरल्याण्ड, हङकङ, युएई र ओमान रहेका छन् ।
‘सबै महिला क्रिकेटका सदस्य राष्ट्रलाई आगामी जलाई १ देखि अन्तर्राष्ट्रिय टी–२० को मान्यता दिइनेछ भने पुरुष टोलीलाई सन् २०१९ को जनवरी १ देखि मान्यता दिइनेछ,’ उनले भने ।
कडा कारवाही
दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच भएको टेस्ट शृंखलामा देखिएको विवादपछि आइसीसीले बल टेम्परिङ र स्लेजिङजस्ता कृयाकलापबिरुद्ध कडा कारवाहीको नियम ल्याउने पनि बताए ।
‘जरिवानाले मात्र यसलाई नियन्त्रण गर्ने देखिएन । यसका लागि क्रिकेट कमिटीले ठोस योजना ल्याउनेछ,’ रिचर्डसनले भने ।
च्याम्पियन्स ट्रफीको भविष्य
च्याम्पियन्स ट्रफीको भविष्यबारे प्रश्न उठिरहँदा उनले सन् २०२१ को च्याम्पियन्स ट्रफी टी–२० फर्म्याटमा हुन सक्ने बताए ।
टी–२० लिगबारे
आइसीसीले विश्वभरमा खेलाडी टी–२० लिग अन्तर्राष्ट्रिय क्यालेन्डरमा पार्ने असरबारे पनि छलफल गरिरहेको रिचर्डसनले बताए । यसअघि सन् २०२० पछि आइपीएलका दौरान कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट नखेलाइने समाचार बाहिर आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा