शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आइएमई लाइफ इन्स्योरेन्स र सेन्चुरी कमर्सियल बैंकवीच बैंकस्योरेन्स सम्झौता

बिहीबार, १३ वैशाख २०७५, १७ : ०७
बिहीबार, १३ वैशाख २०७५

काठमाडौं ।  आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सेन्चुरी बैंक लिमिटेड बिच बैंकस्योरेन्स सम्झौता भएको छ ।

उक्त बैंकस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट निमित्त महाप्रबन्धक श्री दिनेश अमात्य र सेन्चुरी बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री जीवन भट्टराईले हस्ताक्षर गर्नुभएको छ । सो बैंकस्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका ग्राहकहरुले सेन्चुरी बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो छरितो र सहज रुपमा आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।

आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ५० स्थानबाट विभिन्न शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ भने विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बाल शिक्षा, आजिवन, नगदर्फिता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजना ल्याएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप