बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिरियाको विषयमा छलफल गर्न मस्कोमा तीन देश जुट्दै

बिहीबार, १३ वैशाख २०७५, १७ : ०८
बिहीबार, १३ वैशाख २०७५

एजेन्सी– रुस, टर्की र इरानका विदेशमन्त्री स्तरीय बैठक अगामी अप्रिल २८ मा रुसको मस्कोमा बस्ने भएको छ ।  मस्कोमा सन् २०१८ को अप्रिल २८ को दिनमा आस्तानमा प्रस्तुत गरिएको ‘प्लेटफार्म’मा नै रहि टर्की, रुस र इरानको विदेशमन्त्रीबीच सिरियाको विषयमा छलफल हुने बिहीबार टर्कीको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिका जनाइएको छ। 

यसअघि पनि काजकिस्तानको राजधानी आस्तानामा रुस, टर्की र इरानको संयुक्त सहभागीतामा शृखलावद्धरुपमा सिरियाको शान्ति प्रक्रियाको विषयमा छलफल हुँदै आएको छ । 

सिरियामा सन् २०११ को मार्च महिनाबाट त्यहाँका राष्ट्रपति बसार अल असादको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । 

गृहयुद्धमा परिणत भएपछि यस गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेट्सजस्ता आतङ्ककारी समूह हाबी हुँदै गए । 

सन् २०११ बाट हालसम्म यस द्वन्द्वमा परी चार लाख ३० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसेकेको छ । 

त्यसैगरी लाखौँ घाइते भएका छन् भने लाखौंले आफ्नो छिमेकी देशमा शरण लिन बाध्य भएका छन् । 

सिरियाको विषयलाई लिएर रुस, टर्की, इरान, अमेरिकालगायत देश र्कैयौँ वार्ता गरिसकेका छन् तर हालसम्म यस्ता वार्ताको खास औचित्य भने देखिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप