बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

निकारागुवामा चर्कियो सरकार विरोधी आन्दोलन,  ३४ जनाको मृत्यु

बिहीबार, १३ वैशाख २०७५, १७ : १५
बिहीबार, १३ वैशाख २०७५

एजेन्सी– विगत एक हप्तादेखि भइरहेको सरकार विरोधी आन्दोलनका क्रममा निकारागुवामा ३४ जनाको मृत्यु भएको छ । 

राष्ट्रपति डानियल ओर्टेगा र सामाजिक सुरक्षा पुनरावलोकनसम्वन्धी कानूनका विरुद्धमा भइरहेको आन्दोलनका क्रममा उनीहरुको मृत्यु भएको हो । 

यही अप्रिल १८ देखि निकारागुवाका विभिन्न ठाउँमा ठूलाठूला प्रदर्शन भएका सञ्चार माध्यमले जनाएका छन् । 

आन्दोलनकारीले ७२ वर्षीय वामपन्थी नेता र उनकी श्रीमती तथा उपराष्ट्रपति रोसारिओ मुरिल्लो विरुद्ध चर्को आक्रोस पोखेका छन् । 

आन्दोलनका क्रममा पसल तथा घर तोडफोड लुटपाट हुनुका साथै हिंसात्मक आक्रमण भएका छन् । 

सामाजिक सुरक्षा सुधारसम्बन्धी नयाँ कानूनको विरोधमा सुरु भएको आन्दोलन राष्ट्रपति ओर्टेगाले कानून फिर्ता लिँदासमेत आन्दोलन रोकिएको छैन । 

सडक आन्दोलनमा विद्यार्थीको सहभागीता बढ्दै गएपछि आन्दोलनकारी, प्रहरी, विभिन्न समूहका बीचमा छुट्टा छुट्टै हानाहान भएका छन् । 

झडपका क्रममा ढुङ्गामुढा, चक्कुलगायतका हतियारको प्रयोग भएको समाचारमा जनाइएको छ । 

अन्य पक्षको घुसपैठ र बहुपक्षीय झडप भएपछि प्रदर्शन कसैको नियन्त्रणभन्दा बाहिर गएपछि थप त्रास फैलिएको छ । 

ओर्टेगाले आन्दोलनकारीलाई वार्तामा आउन पटकपटक आग्रह गरेपनि प्रदर्शनको नेतृत्व गर्दै आएका नेताले भने सरकारले विपक्षीमाथि दमन रोकेपछि मात्रै वार्तामा बस्ने अडान लिएका छन् । 

गत बुधबार पेन्सन र सामाजिक सुरक्षा भत्ता कटौतीको घोषणा सोमबार फिर्ता लिएका थिए । ‘आइएनएसएस’ भनि नामाकरण गरिएको उक्त आदेशले मूख्यरुपमा निवृत्तिभरणमा प्रभाव पार्ने बताइएको छ । 

सन् २००७ सालमा पहिलो पटक राष्ट्रपति बन्नुभएका ओर्टेगा अहिले राष्ट्रपतिका रुपमा चौथो कार्यकाल सम्हालिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप