शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्राइम कमर्सियल बैंक लिमिटेडको एकै दिन ४ शाखा विस्तार

बिहीबार, १३ वैशाख २०७५, १७ : २२
बिहीबार, १३ वैशाख २०७५

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आज एकै दिन ४ शाखा विस्तार गरेको छ ।  आफ्नो शाखा संजाल बिस्तारको क्रममा प्राइले स्याङ्जाको फेदीखोला गाँउपालिका, नवलपरासीको सरावल गाँउपालिका, रुपन्देहीको मायादेवी गाँउपालिका र कपिलवस्तुको शुद्धोधन गाँउपालिकामा नयांँ शाखाहरुको शुभारम्भ गरेको छ । यी शाखाहरुको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ६० पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका बीच बैंकका महाप्रबन्धक श्री संजीव मानन्धरले शाखा कार्यालय फेदीखोला तथा बैंकका नायब महाप्रबन्धक भाइराजा तुलाधरले शाखा कार्यालय सरावल, शाखा कार्यालय मायादेवी र शाखा कार्यालय शुद्धोधनको समुद्घाटन गरेका छन् । यसै क्रमलाई निरन्तरता दिँदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप