शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारले अरिङ्गालको गोलामा हात हालेको छ : मन्त्री ज्ञवाली

बिहीबार, १३ वैशाख २०७५, १७ : २८
बिहीबार, १३ वैशाख २०७५

गुल्मी–संघीय सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जनताको समृद्धि र राष्ट्र हितका लागि सरकार जस्तोसुकै चुनौतीको पनि सामना गर्न तयार रहेको बताएका छन् ।

बिहीबार गुल्मीको रिडीमा कालिगण्डकी कोरिडोर सडकको १० मिटर चौडा पार्ने कामको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।

उनले भने,‘अहिलेको सरकारले जनताको समृद्धि र राष्ट्र हितका लागि  अरिङ्गालको गोलामा हात हालिसकेको र केहि अरिङ्गालहरु भुरुङ–भुरुङ गर्न थालेको छन् । ति सवैको सामना गर्न सरकार तयार छ ।’

हालै चीन भ्रमणबाट फर्किएका मन्त्री ज्ञवालीले चीनसँग रेल मार्ग , भारत जोड्ने कालिगण्डकी कोरिडोर लगायतका विकास निमार्णमा सहयोग गर्न समकक्षीसँग आग्रह गरेको बताए । नेपाली सेनाले २०६९ सालबाट सुरु गरेको  कालिगण्डकी कोरिडोर सडक खण्ड अन्तरगर्त रिडीदेखि वाग्लुङ्गको सिमना पालुङ्ग खोलासम्म ४२ किलो मिटर औसतमा ८ मिट चौडा सडक सम्पन्न गरिसकेको छ ।

यस्तै वाग्लुङ्गको मालढुङ्गा टाकुर पालुङ्ग खोलासम्म ३८  किलोमिटरसहित ८० किलोमिटर  र औसत ८ मिटर चौडा सडक सम्पन्न भई जम्मा १ सय ७४ किमी जोमसोमसम्म यातायात सुरु भसकेको छ । 

मन्त्री ज्ञवालीले उक्त सडकमा सेनाले देखाएको सक्रियाप्रति धन्यवाद दिदै कालोपत्रेका लागि सडक विभागलाई बुझाउन आग्रह गरे । १० मिटर चौडा पार्न वाग्लुङ्गतर्फ २५ करोड र गुल्मीतर्फ ३५ करोड विनियोजित मध्ये गुल्मीतर्फ यस वर्ष १० करोड वरावरको काम सेनाले सम्पन्न गर्ने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप