शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु लाइफ इन्स्योरेन्सको गोंगबुमा शाखा विस्तार

बिहीबार, १३ वैशाख २०७५, १७ : ३०
बिहीबार, १३ वैशाख २०७५

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले गोंगबुमा आफ्नो नयाँ शाखा कार्यालयको शुभारम्भ गरी कारोबार सुरु गरेको छ । बीमा समितिका कार्यकारी अध्यक्ष श्री चिरञ्जीवी चापागाईले विहिवार एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरे । यस अघि कम्पनीले देशभित्र बिभिन्न स्थानहरुमा रहेका १८ शाखा कार्यालयहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ । 

कार्यक्रममा बीमा समितिका कार्यकारी अध्यक्ष चापागाईले दश वर्षको अवधिमा अर्थतन्त्रमा धेरै परिवर्तन आएको बताउँदै सम्भाब्य बजार धेरै भएकाले थप नयाँ बीमा कम्पनीलाई अनुमति दिएको बताए । उनले नयाँ बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारीका अवसरहरु सृजना हुने तथा बीमा बजारलाई समेत थप विस्तार गर्न सघाउ पुर्याउने कुरामा दुई मत नरहेको बिचार ब्यक्त गरे ।

कम्पनीका संचालक श्री मनीराम पोखरेलले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्यसहित कम्पनी स्थापना भएको बताउँदै बीमा बजारमा नयाँ आयाम थप्ने दाबी गरे । दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले केही समय भित्रै साठी करोड रुपैयाँ बराबरको साधारण शेयर जारी  गर्ने जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप