शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अब कुनैपनि हालतमा समृद्धिको यात्रा रोकिन्नः प्रचण्ड

बिहीबार, १३ वैशाख २०७५, १७ : ३३
बिहीबार, १३ वैशाख २०७५

संजय मिश्रा, रौतहट– माओबादी अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डले अवको यात्रा सुुशासन,स्थिरता र समृद्धीतर्फ केन्द्रीत हुने बताएका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिका २ जुुडिबेलास्थित स्मार्ट सिटी अन्तरगत बिभिन्न सडक तथा नाला शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सम्बृद्धिको यात्रा केही गरेपनि नरोकिने बताएका हुन् ।
दलहरुले पञ्चायतबिरुद्ध २० औं बर्ष अलगअलग भएर लडाई गर्दा असफल भएको स्मरण गर्दै प्रचण्डले जनयुुद्धपछि ७ दल मिलेर आन्दोलन गर्दा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना गर्न सफल भएको बताए । 
उनले राजतन्त्र फ्याक्न जस्तै अव सबै दल मिलेर समृिद्धका लागि अघि बढनुुुपर्ने समय आएको प्रचण्डले प्रस्टयाए । 
फरक प्रसंंगमा उनले देशका हरेक राजनीतिक परिवर्तनमा रौतहटको अग्रणी भूमिका रहेकाले उच्च मूल्यांकन भइरहेको भन्दै तत्कालिन शहरी विकास मन्त्री प्रभुु साहका पालाका देशका १० शहरमध्ये चन्द्रपुर पनि स्र्माट सिटीको सुुचीमा परेको उनले स्मरण गराए । 

चन्द्रनिगाहपुरलाई स्मार्ट सिटमा रुपान्तरण गर्न डिपीआरको काम भईरहेको तथा औधोगिक करीडोर निर्माण गर्न उद्योगमन्त्री मातृका यादवलाई आफुुले निर्देशन दिएको पनि प्रचण्डले जानकारी दिए । 

कार्यक्रमा पुुर्वमन्त्री तथा सांसद प्रभुु साहले मानव सुुचकांकमा सबभन्दा पछाडि ७५औ स्थानमा रहेका रौतहट अब १ नम्बरमा आउने दावी गरे ।
कार्यक्रममा काँग्रेसका सांसद देव प्रसाद तिम्मलसिना, एमाले सांसद कल्याणी खडका,लगायतले चन्द्रपुर  २ जुुडिबेला क्षेत्रमा सिचाई खानेपानीको अभावसंगै अत्यन्त गरिवीको अवस्था रहेकाले समस्या समाधान गर्न प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा शहरी विकास कार्यालय बिरगंजका ईन्जिनियर एवं
रौतहटका आयोजना प्रमुख श्रीभगवान गुुप्ताले बिहीबार शिलान्यास भएको सडकको कुल लागत आठ करोड ४० लाख रुपैयाँ रहेको जानकारी गराए । 
जुुडिवेला रैयाटोलसम्म साढे १० किलाोमिटर लम्बाई रहेको उक्त सडक निर्माणको ठेक्का कन्काई निर्माणसेवा तथा राजदेवी निर्माण सेवालाई दुुई बर्षभित्र काम सक्नेगरी जिम्मेवारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप